सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा नेपाल यादव सेवा समिति गढी गाउँपालिका २ को प्रथम वडा अधिवेशन तथा भेला सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट महेन्द्र प्रसाद यादवको अध्यक्षतामा नेपाल यादव सेवा समिति गढी गाउँपालिका २ को वडा समिति गठन भएको छ ।

सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रमान्नद यादव, महासचिवमा असोशकुमार यादव, सचिवमा तुलसी यादव र कोषाध्यक्षमा अवधनारायण यादव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बालेश्वर यादव, बद्री यादव, गणेशकुमार यादव, भरत यादव, हरिनरायण यादव, तेजनारायण यादव, दिलिप यादव, कृष्ण यादव, मुकेश यादव, गिता यादव लगायत चयन भएका छन् । सल्लाहकारमा लखनलाल यादव, मुसहरु यादव, श्रीप्रसाद यादव सहित पाँच सदस्य रहनुभएको छ ।