सुरेन्द्र मेहता,

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरका विधार्थी अमन मेहताले पढाई सङ्गै कमाउने गरेको छन । ड्रगनफ्रुट सङ्गै सयपत्री फुल खेती लगाएर आफ्नो भबिस्य कृषिमै खोजीरहनु भएको छ । मेहता कृषि विज्ञान पढने भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्नु भएको छ । मेहताले कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर-चितवनमा अध्यन गर्दा पाएको शिक्षा लाई व्यवाहरिक जिवनमा उतार्नु भएको छ । मेहताले कोशी प्रदेश सरकारको अनुदानमा ड्रडन फ्रुट र आफ्नो लगानीमा सयपत्री फुल ७ कठ्ठामा लगाएका छन ।

उहाले दुबै फुल र फुल बाली बाट पहिलो बर्षमै एक लाख रुपैया आम्दानी गर्नु भएको छ । भने निरन्तररुपमा बार्षिक पाँच लाख आम्दानी गर्ने लक्ष्य लिएको बताउनु भयो। सदरमुकाम इनरुवा दक्षिणमा पहिलोपटक व्यवासायिक खेती गरेको हरिनगर गाउँपालिका कृषि शाखा भुवनेश्वर यादवले जानकारी दिनु भयो।

मेहताले उत्पादन गरेको ड्रगन फल र सयपत्री फुल स्थानीय बजार इनरुवा र विराटनगरमा विक्री वितरण गर्दे आएको मेहतालाई गाउँपालिका कृषि शाखाले प्रविधिक सल्लाह तथा परामर्श दिदै आएको प्रविधिक यादवले बताउनु भयो।