इनरुवा, कार्तिक १९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जारी प्रथम कोशी प्रदेश सभामुख कपको आईतबार भएको खेलमा जित निकाल्दै सिमरीया क्लव दुहवी फाईनलमा प्रवेश गरेको छ । प्रतिस्प्रधात्मक सेमिफाइनल खेलामा राजाबास युथ क्लव बराहक्षेत्रलाई ४ को विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै सिमरीया क्लव दुहवी फाईनलमा प्रवेश गरेको छ ।

प्रथम कोशी प्रदेश सभामुख कप–२०८० को दोस्रो राउण्डको पहिलो सेमिफाइनलमा सिमरिया फुटबल क्लब,दुहबी र राजावास युथ क्लब, बराहक्षेत्र बिचमा भएको खेल निर्धारित समयमा १÷१ गोलले बराबरी भएको थियो । त्यसपछि ६ जना खेलाडीले प्यालेन्टि सुट आउट हान्दा राजावास युथ क्लब बराहक्षेत्रले ४ गोल गरेको थियो भने सिमरिया फुटबल क्लब दुहबीले ५ गोल गरि १ गोलको अग्रता निकात्दै जित हात पारी फाइनलमा प्रवेश गरेको हो । आईतबारको खेलमा म्यान अफ दि म्याच विजय उराँव हुनुभयो । सोमबारको खेल श्री शान्ति युवा कल्ब स्पोर्टिङ युवा कल्ब इटहरी र आयोजक समाज विकास केन्द्र नेपाल बिच हुने आयोजकले जनाएको छ ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित जामिया खेल मैदानमा प्रतिस्प्रधा गर्दै दुवही र राजाबास ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा