जयकृष्ण यादव (अध्यक्ष)सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको विधालय व्यवस्थापन समिति
मानिस जन्मिछन, मर्छन, केहीले केही गरेर इतिहास रर्छन, केही खान्छ, दिसा गरेर जिवन विताउदै मर्छन । तर सृजनशिलता भएका व्यक्तिले केही न केही गर्नुपर्छ, आफ्नो लागि मात्रै होईनर समुदाय, गाउँ, समाज र देशका लागि केही योगादन गर्नुपर्छ भन्ने मान्यता राख्नछन् । कोही अरुको इतिहास पढेर कुरा र गफ छाट्छन भने कोही आफैले इतिहास रच्ने काम गर्छन । सर्घष र बाधा अवरोधका बीचमा पनि अवसरहरु र सकारात्मक सन्देशहरु प्रवाह गर्न सक्छ भनेर म पनि सुनसरीको इनरुवा नगरपालिकाको शैक्षिक सुधारका लागि र जिल्लाको समग्र शिक्षाको सुधारमा दुई दशकदेखी निरन्तर रुपमा लागि परेको छु ।

यही अवस्थामा आफूनै नेतृत्वमा रहेर वा पुगेर काम गर्दा बाहिर भन्दा भित्र राम्रो काम गर्न सकिन्छ भने। आशा गरेर आटका साथ २०७९ भदौ १९ गते मैले सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको विधालय व्यवस्थापन समितिको निर्वाचनमा चुवान लडे ।

अभिभावकहरु पत्याएर अरुको प्रतिस्प्रधीको भन्दा झण्डै दोब्बर मतले विजय गराए । त्यसपछि अभिभावकहरुको मतबाट म सहित चार जना निर्वाचित भए । वडा अध्यक्ष पदेन सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था अनुसार हामी ६ जना पुग्यौं । त्यसमा थप दुई जना जग्गादाता, चन्दादाता, आर्थिक सहयोग गर्ने, बुद्धिजिवि, नागरिक समाज, शिक्षाप्रेमीबाट मनोनित र एक जना शिक्षक प्रतिनिधि सहित ९ सदस्य हुनुपर्नेमा अहिलेसम्म आठ जनामा सिमित समिति राजनीतक हस्तक्षेप र विद्यालय विरोधी तत्वको हावीले चुनौतीपूर्ण अवस्थामा छ । तर यसरी चुनौतीका बीचमा म अध्यक्ष भएको एक वर्षे कार्य काल पुरा गरेको छु । यो हर्षको एक वर्ष मेरो लागि एकदमै ठूलो अबसर र झुटो बोल्ने पाखण्डी चिन्ने मौकाको रुपमा रहेको ठानेको छु । मैले गरेको धेरै काम मध्ये केही भन्नुपर्ने र सार्वजनिक गर्नुपर्ने प्रगतिहरुमा विधालय स्थापना भएको ६५ वर्ष पछि म अध्यक्ष भएको केही महिनाको बिचमा कक्षा ११ को पढाइ सुरुवात गरे ।

Video link


विद्यालयमा सहयोग गर्नुपर्नेमा उल्टो सरकारी जनप्रतिनिधि सहितको बिरोध र बाधाअबरोधका बिचमा ऐतिहासिक रुपमा भव्यताका साथ कक्षा ११ को उद्घाटन समारोह गरे, बर्षौंदेखि प्रयोगविहिन रहेको विज्ञान प्रयोगशाला नियमितरुपमा संचालनमा ल्याएको छु । बालबालिकाहरुका लागि साप्ताहिक रुपमा भव्यताका साथ अतिरिक्त कृयाकलाप संचालनमा ल्याए, कक्षामा नियमितरुपमा शिक्षकहरू उपस्थित भइ पढाउने वतावरण सृजना गरे । अनाधिकृत रुपमा कक्षामा मोवाइल फोन प्रयोगमा रोक लगाए, शिक्षकहरूले विधार्थीहरूको हाजिर सहित निगरानी र बिधार्थीले शिक्षकहरुको कक्षामा उपस्थित हुने समय, गृहकार्य दिएको वा नदिएका, शैक्षिक सामग्रीहरू प्रयोग गर्नु भएको नभएको निगरानी सहित दुबैले डायरी भर्ने व्यवस्था पालन गर्न लगाएकोछु । विधार्थीहरूको आमाको सहभागितामा आमा समूह गठन र परिचालन गरेको छु । बाल दिवस, शिक्षा दिवस, संविधान दिवश, सुरुमा विधालय भर्ना अभियान बैसाख र पछि असार, साउनमा ११ कक्षामा भर्ना अभियान संचालन गरे, शिक्षक, विधार्थीहरूको अभिभावक बिचमा एतिहासिक रुपमा नियमित बैठक, छलफल र अन्तरकृया सुरुवात भयो ।
त्यसैगरी लेखापरीक्षण नियमितरुपमा भएको छ, भने सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी गरेको छु । एकसाथ शिक्षक सेवा आयोगले पठाएको एक मावि, तीन निमावि र एक प्रावि गरि पाँच जना शिक्षकलाई हाजिर गराएर जिम्मेवारी वाडफाड गरि पठनपाठनलाई सहजिकरण गरियो ।


म निर्वाचित भएपछि गरेको बाचा अनुसार सबै बिधार्थीलाई एक साथ शैक्षिक सामग्रीहरू बितरण गरिएको र संविधान दिवसमा दलित र सिमान्तकृत समुदायका ४९ विधार्थीहरूलाई स्टेशनरी बितरण गरि दिवशको जानकारी गराएकोछु । स्काउटको दिक्षन्त समारोह गरेकोछु भने वृक्षारोपण समेत गरेको छु । एकसाथ शिक्षकहरूको मनोबल उच्च पार्न प्रदेश सभा सदस्य रामप्रसाद मेहताको उपस्थितिमा सम्मान गरियो । प्रत्येक महिनाको उतकृष्ट शिक्षक सम्मान कार्यक्रम कार्यान्वयन चरणमा पुगेको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष, सदस्य, शिक्षक र प्रधानाध्यापक बिचमा छलफल, अन्तरकृया, समन्वय र सहकार्य सुरुवात भएको छ । विधालयमा अक्षय कोष स्थापना गर्न कार्यविधि निर्माण चरणमा रहेको छ । कक्षामा थप फर्निचर निमार्ण, कार्यालयमा रगंरोगन, बाहिरी रगंरोगन, मैले दिएको चार थान पंखा सहित मावि तहमा पंखाको व्यवस्था , समितिद्धारा कक्षा र विधालय नियमितरुपमा अनुगमन गर्ने परिपाटी बसालेको छु । जग्गा ठेक्केदारबाट वर्षौ पुरानो बक्यौता असुल उपर गर्ने काम भएको छ । प्रदेश सभा सदस्य, इनरुवा नगरपालिकाको प्रमुख, राजनीतिक दलका नेताहरुलाई बोलाइ समस्या सुनाएको छ । मैले दैनिक र साप्ताहिक रुपमा अनुगमन, विधार्थीहरू र शिक्षक तथा अभिभावक भेटघाटको अभियान संचालन गरेको छु । सामुदायिक विधालयमा पनि स्तरिय पढाउने गरेको छ भन्ने सन्देश प्रवाह भएको छ । अनुशासन पालन उन्मुख भएको छ । यतीको प्रगतिको काम हुदाँ समेत मेरो योजना र रणनीतिमा नकारात्मक असर र बाधा पार्ने तत्वहरूको बारेमा भन्नुपर्दा शिक्षा विरोधीहरू ( दुखका साथ भन्नुपर्छ, हाम्रो वडाका वडा अध्यक्ष र उनका समर्थहरु, विधालयको जग्गा खाने, ठेकेदारहरू, पूर्व गाविस अध्यक्ष सहितका पात्र), गरिब विपन्न विधार्थीहरूको भविष्यमाथी खेलवाड गर्नेहरू (केही नेता भनौदा, जनप्रतिनिधि, केही काम चोर शिक्षक, सरस्वती माध्यमिक विद्यालयमा आफ्नो बालबच्चा वा विधार्थी नपढाउने तर स्कूललाई दोहन गर्न उद्दत गिद्धे नजर भएका सबैपक्ष) , विधालयमा प्रगति देख्न नसक्ने सदस्य तथा झूटो मुद्दा मामला हाल्ने तत्वहरू रहेका छन् ।
मेरो बाकी कार्यकालको योजनाहरू तपाईको माझमा राख्नुपर्दा माथि उल्लेख गरिएको राम्रो काम र पक्षलाई निरन्तरता दिने, समितिका पदाधिकारीको मासिक बैठक, अभिभावक, शिक्षक, बिधार्थी, प्रअ र सरोकारवालाको संयुक्त बैठक, छलफल र अन्तरकृया त्रेमासिक रुपमा गर्ने, वडा, नगर र शिक्षा समिति सहितको उपस्थितिमा अनुगमन र छड्के गर्ने रहेको छ । हाम्रो विद्यालयमा मासिक रुपमा कार्यविधि अनुसार उत्कृष्ट शिक्षक र विधार्थी सम्मान गर्ने,भौतिकपूर्वाधार र अधुरो चारकोठे भवन निर्माण सम्पन्न गरि आकर्षक विधालय बनाउने योजनामा रहेकोछु । त्यसैगरी दण्ड र पुरस्कार निति अनुसार कामचोर शिक्षक कर्मचारीलाई कार्वाही गर्ने र इमान्दार, विधार्थी प्रति बफादार तथा अनुशासितलाई सम्मान वा पुरस्कार दिने, सरोकारवालाको संयुक्त समन्वय र सहकार्यमा शैक्षिक सवालमा र गुणस्तरीय शिक्षाको लागि नियमितरुपमा पहल र प्रयास जारी राख्ने तथा बाँकि नियमानुसार गर्ने सबै काम शैक्षिक गुणस्कारका लागि गर्नेछु । अन्तयमा मलाई मतदान गरेर निर्बाचित गराउनु हुने अभिभावकहरु, सहयोग गर्नु हुने सहयोगी मनहरु, साथीहरू, सहकर्मी सदस्यहरू लहरी खत्वे, यदुनन्दन यादव, मिना यादव, बाजुदिन मियाँ, रेनु मेहता, प्रधानाध्यापक श्यामदेव मेहता, पूर्व प्रअ तेजनारायण यादव सहित सम्पूर्ण शिक्षक वर्ग, विधार्थीहरु, इनरुवा ९ का प्रतिनिधि र नगरपालिकाका प्रमुख, उपप्रमुख सहित जनप्रतिनिधिहरू र शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको प्रमुख सहित सबैमा हार्दिक बधाई तथा शुभकामना र धन्यवाद अभार व्यक्त गर्दछु । यहाँहरुको साथ, सहयोग र सदभावको अपेक्षा सहित हार्दिक धन्यवाद । समर्थन र बिरोध लोकतान्त्रिक गुण र चरित्र भएकाले मेरो बिरोध गर्नु हुनेलाई विषेश धन्यवाद । किनभने इतिहास साक्षी रहन्छ ।