जजन्युज समाचारदाता

इनरुवा, मंसिर ३ गते। सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको छठ पुजा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। बबिया ४ यादव टोल छठ पुजा व्यवस्थापन समितिको आयोजनामा तीन दिने सांस्कृतिक कार्यक्रम आइतबार राती उद्घाटनसंगै सुरु भएको हो।

बबियाको छठ पुजा सांस्कृतिक कार्यक्रमको उद्घाटन इनरुवा ९ का वडा अध्यक्ष बसिरमुदिन मन्सुरी, वडा सदस्य मनोजकुमार यादव, सदस्य राम सुन्दर मेहता, पत्रकार एवं सरस्वती मावि इनरुवा ९ बबिया अध्यक्ष जयकृष्ण यादव सहितको उपस्थितिमा गरिएको आयोजक समिति अध्यक्ष राजेश यादवले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति बसिरमुदिन मंसुरीले सास्कृतिक र आस्थाको पर्वलाई उत्साह पुर्वक मनाउनु पर्नेमा जोड दिनु भएको थियो। पत्रकार जयकृष्ण यादवले छठ आस्था, निस्ठा, एकता र सदभावको पर्व भएकाले सामाजिक, आर्थिक, सास्कृतिक धार्मिक र बैग्यानिक समेतमा योगदान गरको बताउनु भयो।