जयकृष्ण यादव । इनरुवा

इनरुवा, मंसिर ५ गते । सुनसरीको इनरुवा नगरपालिकाले मारुति ग्यास उद्योग प्रा.लि.सोनापुर दुहवी(सुविधा ग्यास)ले दुई लाख रुपियाँ तिराएको छ । मारुति ग्यास उद्योग प्रा.लि. दुहवी ८ ले उत्पादन गरेको सुविधा ग्यास तौलमा कम भएको अनुगमनको क्रममा पाइएकाले कार्वाही स्वरुप तोकेको जरीवाना दुई लाख रुपियाँ बुझाएको नगरपालिकाले जनाएको छ ।

इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला परेकाले तोक विक्रेतको पसल सिल गरेर कार्वाही गरेको थियो । सोही क्रममा तोके बमोजिमको जरिवाना दस्तुर दुई लाख रुपियाँ मारुति ग्यास उद्योग प्रा.लि. दुहवीले बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो । मेहता नेतृत्वको अनुगमन टोलीले तोकेको जरिवानाको रकम उक्त प्रालिले बुझाएको पोखरेलले जानकारी दिनुभयो ।