इनरुवा, मंसिर ८ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले निर्देशन दिनुभएको छ । एक वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अटेर गर्दै आएका शिक्षकमध्ये पाँच जना शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवले निर्देशन दिनुभएको हो । शुक्रबार कार्यालय समयमा दिनको १ बजे विद्यालय पुग्दा हाजिरिमा उपस्थित भएको तर कक्षा र विद्यालय परिषरमा नभेटिएपछि अनुशासनको बारेमा स्पस्टीकरण सोध्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिनुभएको यादवले बताउनुभयो । यादवले समितिमा आएपछि आफूले शैक्षिक गुणस्तर सुधारको पक्षमा विद्यालय नियमितताको पक्षमा, ढिलासुस्तीको विरुद्धमा अभियान थालेपछि एक वर्षयता केही शिक्षकहरु पार्टी र संगठनको धाक देखाउदै पटक पटक समयको पालन नगगरेको र समितिको निर्देशन तथा शिक्षा ऐन, नियम र नियमावली समेतलाई लत्याएकाले शुक्रबार बाध्य भएर पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समितिले निर्देशन दिएको हो । शिक्षक रामानन्द मण्डल, तेजनारायण यादव, मानबहादुर डाँगी, नीला ढकाल सहितलाई एक वर्षयता समितिले अनुगमन गर्दा पटक पटक समयको पालन नगरेको, कक्षाकोठामा शैक्षिक सामग्री विना प्रवेश गरेको पाइएकोमा शुक्रबार विद्यालय समयमा प्रअलाई समेत थाहा जानकारी नदिई एक साथ सात शिक्षक परिसर बाहिर गएको र अन्तिममा हाजिरी गर्न मात्रै आएको देखिएकाले प्रारम्भीक कार्वाही स्वरुप स्पस्टीकरण सोधेको हो ।