जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ९ गते । सुनसरीको इनरुवामा कर्मचारीहरु आवद्ध रहेको राष्टसेवक बहुमुखी सहकारी संस्था लि. इनरुवाको २५ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । सनिबार संस्थाका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक प्रतिवेदन, प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख राष्टसेवक बहुमुखी सहकारीका कोशी प्रदेश संयोजक लक्ष्मी प्रसाद गुरागाईले सहकारीलाई सहकारीकै मर्म र धर्म अनुसार चलाउन सके मात्रै देशको विकास हुन सक्ने बताउनुभयो । उहाँले देशमा राष्टसेवक बहुमुखी सहकारी मार्फत तीन अर्वको कारोबार भईरहेको बताउनुहुदै सहकारीको विकासले राज्यको तीन खम्बे नीतिलाई समेत सार्थक पार्ने काम गरेको बताउनुभयो ।


सहकारीले ४९ जना सेयर सदस्यहरुको ४९ हजार रुपियाँबाट सुरु गरेको अभियानमा हाल पुरुष ५८३ , महिला ४४३ र संस्थागत ११ गरि एक हजार ३७ सेयर सदस्यको १४ करोड १२ लाख ५७ हजार ३३७ रुपियाँको सम्पती रहेको जनाएको छ । यो सहकारीले राजस्व तथा कर बापत आठ लाख ६ हजार ३०५ रुपियाँ ५८ पैसा सरकारलाई बुझाएको जनाएको छ । संस्थाका कृष्णकुमार नेपालका अनुसार सहकारीले बचत प्राप्त चार करोड ४४ लाख ७४ हजार ५२१ रुपियाँ र बचत फिर्ता तीन करोड ९४ लाख ८३ हजार १४० रुपियाँ
रहेको जनाएको छ । विषेश अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राष्टसेवक बहुमुखी सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा सफलताको शुभकामना दिनुभयो । उहाँ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बदमानको शिखरमा पुग्न लागेका केही सहकारीका कारणले सबै सहकारी प्रति नाकारात्म भावना पैदा भएकोले त्यसमा राष्टसेवक बहुमुखी सहकारी सचेत रहनुपर्नेमा जोड दिनुभयो । पाण्डेले कृषि पेशालाई व्यवसायीक बनाउन नसक्नु र देशका अधिकांश युवाहरु परदेश पलायन हुनुले नेपाली समाज र शिक्षाले पनि कृषि क्षेत्रलाई अपहेलना गरेको अवस्था देखिएकाले सबै गम्भिर बन्नुपर्ने बताउनुभयो ।

सहकारीकर्मीहरुले कृषि प्रधान देश नेपालमा गरिवी निर्मूल गर्न कृषि क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाउन पर्ने र त्यसलाई सफल पार्न सहकारी मात्र एक भरपर्दो माध्यम भएको बताएका छन् । सहकारीलाई कृषि र व्यपारको क्षेत्रमा अझ शसक्त ढंगले लागउन जरुरी रहेका बताएका थिए । संस्थाका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन कृष्णकुमार नेपालले गरेका थिए । सधारण सभामा राष्टसेवक बहुमुखी सहकारीका उपाध्यक्ष कृष्णकुमार नेपाल, सचिव कुमार न्यौपाने, कोषाध्यक्ष मोहन सुवेदी, सदस्यहरु रामप्रसाद निरौला, केशवकुमार श्रेष्ठ, कुलमणी बराल, रामदेव साह, तिलोतमा दाहाल, मेनुका भण्डारी, कोपिला कार्की सहितको उपस्थिती रहेको थियो ।