इनरुवा, मंसिर १५ गते । सुनसरीमा उद्योगी व्यवसायीहरुको तर्फबाट राजस्व सहित बजारको शान्ती, सुरक्षा र नागरिकको जनहित सहितको पक्षमा काम गरेर जिल्ला प्रशासन कार्यालयलाई सघाएको भन्दै उद्योग बाणिज्य संघ इनरुवा र उधोगी व्यवसायीलाई सम्मान गरेको छ । जिल्लामा उद्योग बाणिज्य संघ इनरुवालाई संस्थागत सहित र उधोगी व्यवसायी संघका अध्यक्ष वीरेन्द्रकुमार साहलाई सम्मान गरेको हो । साहलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा पहिलो नयाँ अभ्यासको सुरुवात स्वरुप व्यवसायीले समग्र शान्ति सुरक्षा कायम गर्न र सफल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्नुहुदै सम्मान गर्नुभएको थियोे । सम्मान कार्यक्रममा उवासंघका उपाध्यक्ष गिरीराज अटल, कोषाध्यक्ष उमेश गुप्ता, सदस्य शिवकुमार यादव, गौतम झा सिताराम चौधरी सहितको उपस्थिती रहेको थियो ।

उता उद्योगी व्यवसायीहरुको तर्फबाट उद्योग बाणिज्य संघ इनरुवाले समेत सरुवा हुनुभएका प्रजिअ पाण्डेलाई सफल कार्यकाल विताएकोमा सम्मान सहित विदाई गरिएको थियो ।


उता प्रजिअ पाण्डेले युवा पत्रकार गनेश कुमार यादवलाई समेत सूचना सम्प्रेशण र समग्र शान्ति सुरक्षा कायम गर्न, सार्वजनिक सेवा प्रवाहमा सरलीकरणगरि जनगुनासा सम्बोधन गर्न, सुचना आदानप्रदान तथा व्यवस्थापन गरि जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादनको नागरिकस्तरमा प्रचारप्रसार गर्नुका साथै व्यवसायीक पेसाको मर्यादामा रहि इमानदार तरिकाले बस्तुनिष्ठ सूचना सम्प्रेषण गरेको भन्दै सम्मान गरेको छ । पाण्डेले यादवको कर्मशिलतालाई उच्च मुल्याकन गर्नुभएको छ ।