इनरुवा, मंसिर १६ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तीम चरणमा पुरर्याएको जनाएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यन्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।


सनिबार सुनसरीको इनरुवा नगरपालिका वडा नंम्बर ८ स्थित डुम्राहामा स्रोत पुनः प्राप्तिको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र सामाजिक प्रारम्भिक विश्लेषण (एसआईए) प्रयोजनार्थ आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख भण्डारीले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोर मध्ये कुहिनेलाई मलको रुपमा प्रसोधन गर्ने बताउनुभयो । उहाँले विभिन्न सिसि, प्लाष्टिक तथा गत्तालाई पुनः प्रयोग गरी फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्य रहेको बताउनुभयो ।
फोहोरलाई मोहर बनाउने योजना अन्तर्गत अहिले १० वटै वडाका फोहोर संकलन गरेर स्रोतबाटै छुट्टयाई एक ठाउँमा जम्मा गरिरहेको बताउनुभयो । संकलन गरिएको फोहोरलाई पुनः प्रयोग र प्रसोधन गरी मोहरमा परिणत गर्नका लागी काम गरिहहेको उहाँको भनाई छ । कुहिने बस्तुबाट मल बनाएर नगर क्षेत्रका किसानलाई विक्रि गर्ने र बढी भएको खण्डमा अरुलाई समेत विक्रि गरिने गरि काम थालेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।
नगरपालिका क्षेत्र भित्र उत्पादन हुने कुहिने फोहोर संग नकुहिने अर्थात सिसि, प्लाष्टिक र गत्ताहरु मिसाउदा फोहोरको मात्रा बृद्धि हुने तथा वातावरणमा नकरात्मक प्रभाव पार्ने भएको भन्दै उहाँले कुहिने र नकुहिने फोहोर छुट्याई फोहोरको उचित व्यवस्थापन भैइरहेको बताउनुभयो । फोहोरलाई मोहरमा परिणत गर्न सके नगर भित्रको सबै फोहोर दीर्घकालीन आय स्रोत बन्न सक्ने नगर प्रमुख भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।


वर्षौ देखि चुनौती पुर्ण बन्दै गएको फोहोर व्यवस्थापन हुने अन्तिमचरणमा पुगेको बताउनुभयो । फोहोरको सही व्यवस्थापन गर्न सके वातावरणमा पर्ने प्रभाव कम हुने तथा फोहोरबाटै पैसा कमाई गर्न सकिने नगर प्रमुखले बताउनुभयो । ‘जताततै फालिने सिसा, प्लाष्टिक र गत्ताबाट उत्पन्न प्रदुषणका कारण मानिस मात्र नभई, सम्पुर्ण परिस्थितीय प्रणाली नै प्रभावित हुने खतरा बढेकोले त्यसप्रती नगरपालिका सचेत रहेको बताउनुभयो । फोहोर संकलन गरि पुनः प्रयोग गर्न सकिने बस्तुलाई जम्मा गर्दै आइरहेको जनाएको छ । अहिले करिव पाँच टन बराबर पुनः प्रयोग गर्न सकिने फोहोर जम्मा भएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरु रीता उराँवले गाउँलाई दुगन्धि गरेर स्रोत पुनः प्राप्तिको काम गर्न नहुने बताउनुभयो । उहाँले प्रारम्भिक चरणदेखी नै विरोध गर्दै आएपनि गाउँको नजिकै डम्पिगंसाईड बनाएकोमा विरोध जनाउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा इनरुवाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, इन्जिनियर उमेश्वर मेहता, सूचना अधिकृत निराज पोखरेल, स्थानीय सम्झना उराँव, रामकिसुन उराँव, रोशन मण्डल, विष्णुदेव मण्डल, रघुबिर मण्डल, इनरुवा ८ वडा अध्यक्ष असोककुमार मण्डल , वडा सचिव प्रधुन्न कार्की सहितको बोल्नुभएको थियो ।This image has an empty alt attribute; its file name is 387472850_7325764070769309_8991357690258925752_n-1024x450.jpg
१, सुनसरीको इनरुवा नगरपालिका वडा नंम्बर ८ स्थित डुम्राहामा स्रोत पुनः प्राप्तिको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र सामाजिक प्रारम्भिक विश्लेषण (एसआईए) प्रयोजनार्थ आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख केदार भण्डारी सहित सरोकारबालाहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा