सुनसरीको इनरुवा नगरपालिका वडा नंम्बर ५ बलाहा स्थित सूर्यकिरण एकेडेमीका कक्षा १२ का व्यवस्थापन संकायका विधार्थीहरु शैक्षिक भ्रमण लगिएको छ । विद्यालयमा पढेका विषयहरुलाई व्यवहारिक रुपमा ज्ञान प्राप्त गर्नका लागि भन्दै सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा लगिएको प्रिन्सिपल मनोजकुमार यादवले जानकारी दिनुभयो । कक्षा १२ का विजनेश शिक्षकको समन्वय र सूर्यकिरण एकेडेमीको विधार्थीहरुको संयुक्त सहयोग तथा विद्यालयको आयोजानमा शैक्षिक भ्रमण गरिएको हो । भ्रमणमा जिल्लाको धरान स्थित औधोगिक क्षेत्र ६ वटा उद्योग र इटहरीको व्यवसायीक केन्द्रको अवलोकन भ्रमण गरी जानकारी दिएको विधार्थी नरेश मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार विद्यालयबाट मंसिर २३ गते कक्षा १२ का सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा धरान गएको हो ।


मेहताले भन्नुभयो, सबै विद्यार्थी ९ः३० मा विद्यालय क्षेत्र जम्मा भयौँ । कक्षा शिक्षकले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । स्कूल बस भएकाले १०ः१० मा गाडी चढ्यौँ । करिब १ घन्टा गाडीको यात्रा गरेपछि धरान पुग्यौँ । कालोपत्रे बाटो सहित इटहरी र धारन बीचमा वनजङ्गल देख्यौँ । नाम चिनेका रुखहरू धेरै थियो । आहा कति राम्रो पो रहेछ धरान त । साथीहरू एक पटक त घुम्नै पर्छ है । भन्दै कुराकानी सहित धरान औधोगिक क्षेत्रमा प्रवेशद्धारको फूल मैले देख्ने र अवलोकन गर्ने अवसर पाएँ । त्यसपछि रबर अर्थत पाईपको उधोग, प्लाई उद्योग सहितको घुम्दाघुम्दै भोक लागेपछि धरानमै खाना खायौँ ।

खाना खाएपछि नाचगान गरी रमायौँ । त्यसपछि सबै साथीहरु यलम्बर पार्कका गाडी चढेर पुग्यौँ । त्यसपछि हामी घर आऔं । धरानमा शैक्षिक भ्रमण पहिलो पल्ट गएकाले आफूहरु निकै खुसी भएको विधार्थीहरुले सुनाएका छन् ।


सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमण कार्यक्रममा प्रिन्सिपल मनोजकुमार यादव, शिक्षक नन्दन कुमार कर्ण, प्रमोद पंडित, जयकृष्ण यादव र दिनेश मेहता सहितको सहभागिता रहेको थियो ।