सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले बुधबार कतार च्यारिटीका जेनेरल सुपरभाइजर मितेब सईद अल्मररीलाई सम्मान गर्नुभएको छ । कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले एक कार्यक्रमका बिच कतार च्यारिटीका जेनेरल सुपरभाइजर श्री मितेब सईद अल्मररीज्युलाई सम्मान गरिएको उहाँका स्वकिय सचिव धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो ।

कतार च्यारिटीले सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा गर्दै आएको परोपकारी कार्यको सराहना गर्नुहुँदै अध्यक्ष अंसारीले सम्मान गर्नुभएको हो । सुपरभाईजरलाई सम्मान गर्ने कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल, कोशी गाउँपालिका उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,लेखा अधिकृत सुरप्रसाद दंगाल, विभिन्न शाखा प्रमुखहरु एवं अन्य कर्मचारी तथा संचारकर्मीहरुको उपस्थितिमा उहाँलाई सम्मान गरिएको थियो । उहाँलाई पटेरको स्थानीय उत्पादन गुद्री, मुठा, खुकुरी र अन्य आकर्षक उत्पादन मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।