सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ ढोकमा रहेको श्रीसिंह बाहिनी रामधुनी वनउपभोक्ता समितिलाई पूर्ण सकृय बनाउने सरोकारबालाहरुले प्रतिवद्धता जनाएका छन् । सामाजिक परीवर्तन केन्द्र काठमाण्डौले आयोजना गरेको प्राकृतिक सम्पदा वनको संरक्षण सम्बन्धी संवाद कार्यक्रममा सहभागी भएकाहरुले केही वर्ष निष्कृय रहेकाले स्थानीयलाई घाटा भएको भन्दै श्रीसिंह बाहिनी रामधुनी वन उपभोक्ता समितिलाई पूर्ण रुपमा सहयोग गर्ने र सबैले मिलेर सकृय बनाउने प्रतिवद्धता जनाएका छन् । केन्द्रका रमेश भट्टराई, जयकृष्ण यादव र रामकुमार यादवले सहजिकरण गर्नुभएको संवादमा श्रीसिंह बाहिनी रामधुनी वनउपभोक्ता समितिका पदाधिकारीहरु र सरोकाबरालाहरुले ९ वुदे प्रतिवद्धता पत्र जारी गर्दै समितिलाई पूर्ण सकृय बनाउने प्रतिवद्धता जनाएका हुन् ।


कार्यक्रममा नेपाली काग्रेंस भोक्राहा नरसिंह गाउँपालिकाका सभापती युवराज दाहालले गाउँपालिकाको एउटा मात्रै प्राकृति वन श्रीसिंह बाहिनी रामधुनी वन रहेको र ५६ दलशमल ५ हेक्टर क्षेत्रफलमा फैलिएको वनलाई पर्यावरण, पर्यटन र नागरिकको जनजिविकासंग जोड्न आवश्यक रहेको बताउनुभयो । झण्डै सात वर्षसम्म निष्कृय जस्तै रहेकोमा चोरीपैठारी, अतिक्रमणको जोखिमबाट जोगाउन नयाँ बनेको समितिले लेखापरिक्षण सहित, कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने पर्ने सामुदायिक वनउपभोक्ता समितिलाई सुझाव दिनुहदै पूर्ण सकृय बनाउने प्रतिवद्धता जनाउनुभयो । दाहालले सबैलाई इमान्दारिपूर्वक जिम्मेबारी निर्वाह गर्न आग्रह गर्नुुहदै वनमा जडीवुटी, खाली जग्गामा वृक्षारोपण , नागरिक उपभोक्तालाई सचेतना सहितको वनको हितमा लाग्नुपर्ने बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहताले वन मास्नेले नै संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मेहताले वन विकास र सखुवा तथा साजको विरुवा रोप्नुपर्नेमा जोड दिनुभयो ।
वन समितिका अध्यक्ष बेचन मेहताले वन संरक्षण अभियानमा लागेको र सुधार गर्दै अगाडि बढुने प्रतिवद्धता जनाउनुभयो । उहाँले ६०७ जना बढी उपभोक्ताहरु वनमा आवद्ध भएकाले सबैलाई कम्तीमा आधा घण्टाको समय वनलाई दिन आग्रह गर्नुभयो ।
जनमत पार्टीका सूर्यनारायण मेहताले समितिलाई व्यवस्थित रहन र पारदर्शि रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले वनमा सड्न लागेको लडेका पडेका काठ संकलन गरेर संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो । विधार्थी प्रितम मेहताले वनमा जडिबुटी लगाउन वृक्षारोपण सहित पर्यावरण संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
शिक्षक मनोज पोखरेलले समितिले आफ्नो भुमिका पूर्ण रुपमा निर्वाह गर्नुपर्ने, वनमै जिवन धान्नेहरुलाई विकल्पको बाटो दिएर वन जोगाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा डीएन मेहता, अकलदेव मेहता, तरानन्द मेहता, सेख मुमताज, रामसेवक मेहता, सरिता उराँव, आरती शर्मा सहित ३५ जना सारेकारबालाहरुले भोक्राहा नरसिंह गाउँपालिकाको बन संरक्षणमा लग्ने प्रतिवद्धता जनाउनुभयो ।