अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, पुस ९ गते । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहीनी समूहको आयोजनामा धुप बनाउने सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनिता दाहाल इनरुवा नगरपालिका–३ र ५ का दाहाल गृहिणी महिलाहरुलाई व्यवसायीक बनाउन धुप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका वडाहरुका ४० जना गृहिणी महिलालाई धुप बनाउने तालिम दिईएको जनाएको छ ।


तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सिप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले समुहमा लगानी गरी धुप बनाउन सल्लाह दिदैं आफुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रशिक्षकले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफुले सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

तालिमले आफुहरुलाई व्यवसायीक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मञ्जु दाहालले गाउँगाउँ टोलटोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धुपका सामग्रीहरु राखेर धुप बनाउने बताउनुभयो ।