जिल्ला प्रहरी कार्यालयले सुनसरीमा प्रतिबन्धित गाजा नष्ट अभियानलाई तिब्र पारेको छ । प्रहरीले लागु औषधको रुपमा रहेको गाजाले युवाहरुलाई कुलतमा फस्न प्रेरित गरेको र अर्को तर्फ गाजाँकै कारणले आगलागीको जोखिम बढि हुने तथा समुदायमा असर पार्ने भएकाले केहीदिनयता गाजाँ नष्ट अभियान थालेको हो । अभियानको रुपमा गाउँगाउँ टोलटोलमा गाजा नष्ट अभियान सुरु गरेको र सयौंको संख्यामा गाजाको बोट काटि नष्ट गरिएको छ । अभियानलाई सार्थक पार्नका लागि जिल्ला सहित सबै इलाका प्रहरी कार्यालय र चौकीहरुलाई परिचालन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवाको विभिन्न वडामा समेत सयौं गाजा बोट नष्ट गरिएको छ । प्रहरीले चलाएको जागा नष्ट अभियानकै क्रममाः बुधबार मात्रै सीमावर्ती क्षेत्रबाट चोरीतस्करीको तयारीमा राखेको ७० केजी गाजा बरामद गरेको छ । प्रहरीले समुदायको समन्वयतमा काम गर्दै जादाँ गाजा नष्ट अभियान सार्थक हुदैगएको छ । पुस १८ गते मात्रै सुनसरीबाट ७० किलो गाजा बरामद भएको छ । जिल्लाको सीमावर्ती हरिनगर गाउँपालिकाबाट भारततर्फ लादै अवस्थामा ७० किलो गाजा बरामद भएको हो । गाजा तस्कारले भारततर्फ लेजादै गरेको अवैध गाजा प्रहरीले बरामद गरेको जनाएको छ । हरिनगर ५ शिशुवा धरमपुरबाट ट्र्याक्टरको ट्रलीबाट गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश कार्यालय विराटनरबाट खटिएको नेपाल प्रहरीको टिमले विशेष सुराकीको आधारमा प्र .१ .०४.००१ त १२६० नम्बरको ट्याक्टरको ट्रली भित्र हालि भारत तर्फ लैजाँदै गरेको अवस्थामा ७० किलो गाजा र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यसरी झण्डै क्युन्टिलको हाराहारीमा जागाँ बरामद हुनु र यसप्रकारका घटनाको बारेमा थप अनुसन्धानमा रहेको छ । यसले प्रहरीको गराईलाई सार्थक भन्न सकिएपनि गाजाँ लगाउने, ओसारपसार गर्ने कार्यले पक्कै राम्रो सन्देश दिएको छैन् । त्यसैले जिल्ला प्रहरी कार्यालय सुनसरीले थालेको गाजाँ बरामद र गाजा नष्ट अभियानमा सबै पक्षले सहयोग गर्न जरुरी छ ।