जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २६ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ५ को श्री शारदा माध्यमिक विद्यालयले आफ्नो ६७ औं स्थापना दिवस, बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ । विभिन्न विधाका उत्कृष्ट विकार्थीहरुलाई पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र प्रतिभा प्रस्फुटन सहितको कार्यक्रम गरि दिवश मनाइएको हो । सम्पन्न गरेको दिवश कार्यक्रममा प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शिक्षाको विकासमा नगरपालिका लागि परेको र त्यसमा शारदा माविले खेलेको भुमिका प्रसंसायोग्य रहेको बताउनुभयो । उक्त कार्यक्रममा विधालयबाट संचालन गरिएका परीक्षा तथा अतिरिक्त कार्यक्रम उत्कृष्ट अंक ल्याउने बिधार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

शारदा माध्यमिक विद्यालय इनरुवा ९ बलाहाको ६७ औं बार्षिकउत्सव तथा अभिभावक दिवशको अवसरमा विद्यालय परिवारलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं । जयकृष्ण यादव अध्यक्ष विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवा तथा सरस्वती मावि बबिया विव्यस परिवार


कार्यक्रमका अतिथिहरूले बार्षिक उत्सवको अबसरमा विधालयलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।उक्त कार्यक्रममा विधालय अभिभावक संघका रिभा कर्ण, इनरुवा उपप्रमुख विनिता मेहता, प्रधानाध्यापक तिर्थ भट्टराई, बिधालय ब्यबस्थापन समितिका सदस्यहरु र विधालयका शिक्षकहरु समेतको उपस्थिती रहेको थियो । उक्त अभिभावक दिवश कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले गर्नुभएको विद्यालयका कर्मचारी डिसी चौधरीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा करिब १५०० जनाको उपस्थित रहेको थियो ।