इनरुवा, भदौं १३ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका ३ पश्चिमकुशाहाबाट पाँच सय ५५ किलाग्राम गाजाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार ठूलो परिमाणमा लुखाईछिपाई राखेको सूचनाका आधारमा कोशी गाउँपालिका ३ को श्रीपुरजाने बाटोको काँसको घारीमा लुकाई राखेको ५७५ किलोग्राम गाजाँ बरामद भएको हो । शुक्रबार राती १०ः०० बजेको समयमा जिल्लाको कोशी गाँउपालिका वडा नम्बर ३ मा लागू औषध गाँजा बेवारिस राखेको फेला परेकाले कुनै व्यक्ति पक्राउ नपरेको हो ।
उता तीन दिन अघि मात्रै देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीबाट चार सय तेह्र किलो नौ सय असि ग्राम गाजाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार बुधबार बिहान ९ः०० बजेको समयमा जिल्लाको देवानगंज गाँउपालिका वडा नम्बर १ मध्यहर्षाहीमा लागू औषध गाँजा लुकाई छिपाई राखेको विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय राम जानकी मन्दिर पछाडी रहेको गाई गोठमा लुकाई छिपाई राखेको अवस्थामा १४ वटा कालो पलाष्टिकले बेरीएको सेतो बोरा भित्र लागू औषध गाँजा फेला पारेको हो । प्रहरीले ४१३.९८ के.जी. जागाँ र सोही गोठको पछाडी बेवारिसे अवस्थामा रहेको बीआर ३८ आर ०५५८ नम्बरको भारतीय मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको मल्लले जानकारी दिनुभयो ।