चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा खटिएको छ। नेपाल सरकारको अनुमतिमा परिचालित उक्त टोलीले नेपाली सेनासँग पूर्ण समन्वय गर्दै सुरुङभित्रको प्राविधिक अनुगमन र सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्रारम्भिक अनुगमनपछि आवश्यकता अनुसार रसुवा सीमामा तयारी अवस्थामा रहेका थप विज्ञहरूलाई पनि बोलाइनेछ। जटिल र चुनौतीपूर्ण अवस्थाका बीच फसेका सम्पूर्ण श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न एकीकृत प्रयास तीव्र रूपमा जारी छ।