अन्तरकृया कार्यक्रम सम्पन्न
ईनरुवा।
सुनसरीका सराेकारबाला बिचमा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीय एकता अभियान सुनसरीले आयोजना गरेको कार्यक्रममा सराेेकारवालाहरुले सुशासन सहितकाे विकास र संघिय हिन्दु राज्य हुनुपर्नेमा जाेड दिएका छन्।



इनरुवा स्थित सत्यनारायण मन्दिर सभाहलमा अपन स्वर्ग नेपाल कला संस्कृतिको अध्यक्ष झाेटन मेहताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादव रहनुभएकाे थियोे । त्यसैगरी विशिष्ट अतिथिमा संबिधान सभाका सदस्य बिपी यादव रहनुभएको थियो भने अतिथिमा अभियानका प्रवक्ता जीवन साह, संबिधान सभा सदस्य श्रीमती ललिता साह,राष्ट्रीय गायक झोटन मेहता, पहिलो मिथली दोहरी गायक कलाकार यार जी भिलेन,पुरण गिरी ,मुर्तिकार शिव नारायण पंडित , रामकिसण उराउ, संतोष मेहता ,पत्रकार एबं साहित्यकार जय कृष्ण यादव, समाजसेवी सुरेश शर्मा,प्रध्यापक कुंजीलाल यादव, समाजसेवी लक्षमी शाह लगायतले आ आपनो मन्त्व राखेका थिए। अभियानमा नागरिकको सहभागीता बढाउनुपर्नेमा जाेड दिएको थियो ।
