विपन्न अल्पसंख्यक समुदायलाई न्यानो कपडा कम्बल वितरण
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीका सीमावर्ती क्षेत्रका विपन्न अल्पसंख्यक समुदायका घरपरिवारका सदस्यहरूलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी गाउँपालिकाका विपन्न अल्पसख्यक तथा जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा कोशी गाउँपालिका वडा नंम्बर ७ हरिपुर स्थित श्री आधारभुत विद्यालयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको उपस्थितीमा कम्बल वितरण गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सरोकारबालाहरु तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा अल्पसंख्यक समुदायका १०० घरपरिवारलाई न्यानो कपडा कम्बल वितरण गरीएको भण्डारीले जानकारी दिनुभएको छ । प्रहरीको न्यानो कपडा कम्बल पाएपछि जाडोबाट बच्न पाउने भएकाले अल्पसंख्यक समुदायका स्थानीयहरू सुखी व्यक्त गरेका थिए ।


१, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको उपस्थितीमा कम्बल वितरण गरिर्दै ।
तस्विर ः
