जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाको पशुचौपायामा खोरेत र पीपीआर रोग विरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणमा सीमावर्ती देवानगञ्ज गाउँपालिकामा खोरेत र पीपीआर खोप लगाउने भएपछि व्यवसायिक अगुवा कृषकहरुसंग राष्टिय पशुपञ्छी खोपको प्रभावकारी रुपमा कार्यान्वयन सम्बन्धी अन्तरकृया कार्यक्रम गरि खोप लगाउने तयारी भएको जानकारी दिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय सुनसरीको आयोजानमा भएको कार्यक्रममा कोशी प्रदेश कृषि तथा पशुपन्छी विभागका निर्देशक पशुपती ढुगांनाले पशुमा खोपको आवश्यकता र सीमावर्ती क्षेत्रकै पशुमा पहिलो प्राथम्किताका बारेमा जानकारी गराउनुभएको थियो ।
सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा स्थानीय तहका पशुमा लाग्ने खोरेत तथा पीपीआर रोगविरुद्ध खोप लगाउने कार्य तयारी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख कुमार सिंह खत्रीले खोप लगाउन स्थानीय तहमै भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित स्थानीय तहमा पठाइने जानकारी दिनुभयो । स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उहाँले स्थानीय तहमा खोपसहित प्रविधिकको परिचालन र खोप लगाउने अभियान सुरु गर्ने बताउनुभयो । देवानगञ्जमा किसान, खोपमा खटिनेहरु र जनप्रतिनिधि सहितको सहभागीतामा अभिमुखिकरण गरिएको कार्यालयका चिनेश्वर मेहताले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिकामा रोग सङ्क्रमण भएका तथा लक्षण देखिएका पशुका लागि १४ हजार पाँच सय बढी खोप पठाइने भएको बताइएको छ । पीपीआर र खोरेत खोप निःशुल्क रुपमा लगाउने भएको सो कार्यालयले जनाएको छ । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुटा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिडडुल गर्न समस्या हुने गर्दछ । विज्ञ कन्द्रको आयोजना तथा देवानगञ्जका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यतामा सम्पन्न भएको थियोे ।
देवानगञ्जमा खोप अभियान सकिएपछि सुनसरीका विविन्न स्थानीय तहमा समेत बाख्रामा पीपीआर र गाईभैसि सहितको पशुहरुमा खोरेत रोगविरुद्धको खोप लगाउने तयारी भएको कार्यक्रममा जानकारी दिएको थियो ।


१, सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाको पशुचौपायामा खोरेत र पीपीआर रोग विरुद्धको खोप लगाउने बारेमा अन्तरकृया कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा