यादव सेवा समितिको जिल्ला सम्मेलन माघ २७ गते
ललित यादव । इनरुवा
सुनसरीका यादवहरुको जातीय संस्था नेपाल यादव सेवा समितिको जिल्ला सम्मेलन माघ २७ गते गर्ने भएको छ । समितिको जिल्ला सदरमुकाम इनरुवामा बसेको जिल्ला तथा स्थानीय तह समितिको संयुक्त बैठकले जिल्ला सम्मेलन माघ २७ गते गर्ने निणर्य गरेको छ ।



माघे संक्रान्ती मनाउनुको साथै शुभकामना आदानप्रदान सहित बसेको बैठकले सम्मेलनलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने तथा हिन्दु मुदायको आस्थाको केन्द्र अयाध्यामा भागवान रामको प्राण प्रतिष्ठा स्थपना तथा मन्दिर उद्घाटनका लागि माघ ८ गते सबै यादव समुदायको गाउँटोलमा रहेको मन्दिरहरुमा सरसफाई र दिपावली सहितको कार्यक्रम गर्न अपिल गरेको छ ।
समितिका सदस्य तथा आयोजक तयारी समितिका संयोजक देवकृष्ण यादवले सबैलाई स्वयमसेवक रुपमा आ आफ्नो धार्मिक स्थालहरुमा दिपावली र विभिन्न कार्यक्रम गर्न आग्रह गरिएको बताउनुभयो ।
