बालबालिकालाई न्यानो कपडा स्विटर वितरण
इनरुवा, माघ ३ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया जमुवाका बालबालिकालाई न्यानो कपडा स्विटर र टोपी वितरण गरेको छ । लायन्स क्लव धरानाको सहयोगमा इनरुवा नगरपालिका ९ जमुवाका १३२ जना बालबालिकालाई न्यानो कपडा स्विटर वितरण गरिएको हो ।








इनरुवा नगरपालिका ९ को वीपी मेमोरियल आधारभूत विधालयका १३२ जना विद्यार्थीलाई न्यानो कपडा(स्विटर) वितरण गरिएको हो ।


स्विटर वितरण कार्यक्रममा नेकपा एमाले नेता पोष्टकुमार नेपाल, इनरुवा नगरपालिका ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी, विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव, विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल चौधरी , लायन्स क्लवका धिरज गुरुगं, रेखा गुरुगं, छाया श्रेष्ठ, विनु श्रेष्ठ, झनझनी भौर, प्रधानाध्यापक रिकु कुमारी राजभर, शिक्षक भिमराज काफ्ने, धिरा कुमारी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।




विधालयका प्रधानध्यापक रिंकु राजभरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहयोगी संस्था लायन्स क्लवलाई धन्यवाद दिनुभएको थियो ।


