सुरेन्द्र मेहता । इनरुवा
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा माघे संक्रान्ती साप्ताह कार्यक्रम अन्तरगत हिन्दु स्वयम सेवक संघ नेपालले खिचडी कार्यक्रम सम्पन्न गरेको छ । देवानगञ्ज बजार स्थित सामुदायिक भवनको प्राङ्गणमा संघको आयोजनामा खिचडी कार्यक्रम सम्पन्न गरेको हो । सुनसरीको देवानगञ्ज स्थित हिन्दु स्वयमसेवक संघ नेपाल देवानगञ्ज गाउँसमितिको आयोजनामा हर्सोल्लासका साथ खिचडी कार्यक्रम सम्पन्न गरेको हो ।

हिन्दुहरुको महानपर्व मकर संक्रान्तिको पावन अवसरमा संघले एक हप्तायता खिचडी कार्यक्रम गर्दै आएकोमा सनिबार देपानगञ्जमा कार्यक्रम सम्पन्न गरेको संघको गाउँ समितिले जनाएको छ । कार्यक्रममा संघका संघचालक सहित, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जगनारायण मेहताको उपस्थिती रहेको थियो । उहाँहरुले तिला संक्रान्ती, खिचडी पर्व तथा खिचडी कार्यक्रमको औचित्यका बारेमा बोल्नुभएको थियो ।