सुरेन्द्र मेहता । इनरुवा
उधोग वाणिज्य संघ इनरुवाको बार्षिक सधारण सभा सम्पन्न भएको छ । सधारण सभा उवासंघका इनरुवा अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो । शनिबार संघको २१ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको संघले जनाएको छ ।

अथितिहरुले संघको बार्षिक सधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सधारण सभामा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक वीपीन रेग्मी, इनरुवाका नगर उपप्रम्ुख विनिता मेहता सहितको उपस्थिती रहेको थियो ।