जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ८ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका र सदरमुकाम इनरुवामा भगवान श्रीरामको प्रणप्रतिष्ठा स्थापनको अवसरमा ताण्डव नाच सहित र्याली निकालिएको छ ।


ताण्डव नाच सहित हजारौ स्थानीयहरुको सहभागीतामा र्याली निकालिएको हो । सीमावर्ती कोशी गाउँपालिकाको लौकही भन्सार स्थित राम मन्दिर जय श्रीरामको नारा सहित, झण्डा, व्यार र ताण्डव नाच सहित लौकही बजार, चिरौली, हनुमान चौक, लौकही प्ररही, पश्चिमकुशाहा , बक्रो हुदै लौकहीको भगवती मन्दिरसम्म भव्य र्याली निकालिएको छ ।

र्यालीमा सहभागीहरुले सनातन हिन्दुहरुको आस्थाको केन्द्र अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा स्थापना र नेपालको जनकपुरसंगको साईनो समेत भएकाले उत्सवको रुपमा र्यालीमा सहभागी भएको प्रतिकृया दिएका छन् ।


र्यालीमा सहभागी स्थानीय कोशी १ का देवकृष्ण यादव (गोबरधन) ले हिन्दु धर्मको आस्थासंग र नेपाली चेली सिताको विवाहको प्रसंग समेत रहेको साईनो भएकाले उत्सवको रुपमा र्यालीमा सहभागी भएको बताउनुभयो ।


उता इनरुवामा बजरंग दल र हिन्दु स्वयमसेवक संघको र्यालीले नगरपरिक्रमा गरेको छ । इनरुवामा समेत मौलिक, आधुनीक र पौराणीक शैलीका ताण्डब नाच सहितको र्याली निकालिएको दलका मुन्ना साहले जानकारी दिनुभयो ।
उता हिन्दु स्वयम सेवक संघ नेपालले भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जमा रर्याली निकालिएको छ । त्यसैगरी नेपाल यादव सेवा समिति भोक्राहा नसिंहले गाउँका सबै मन्दिरहरुमा भजनकिर्तन गरेको जनाएको छ । समितिका अध्यक्ष रमेश प्रसाद यादवका अनुसार उत्सवको रुपमा भजनकिर्तन र दिपावली कार्यक्रम गरिएको छ ।


१, सुनसरीको सीमावर्ती कोशी गाउँपालिकामा निकालिएको भगवान श्रीरामको प्रणप्रतिष्ठा स्थापनको अवसरमा ताण्डव नाच सहित र्याली ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा