जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ गते । सुनसरीको इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले लागु औषध दुव्र्यसन विरुद्धको सामुदायिक प्रहरी कार्यक्रम तथा अभियानप्रति एक्यवद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरु गरेको लागु औषध दुव्र्यसन विरुद्ध अभियान विषेश अन्तरकृया एवम् प्रतिवद्धता कार्यक्रममा बरिष्ठ प्रहरी नायव उपरीक्षक (एसएसपी) राजन अधिकारीले प्रस्तुत गर्नुभएको अभियानको अवधाराणमा सहभागीहरुले समर्थन गर्दै एक्यवद्धता जनाएका हुन । सुनसरीमा २०७५ बाट सुरु भएको अभियान कोरोना कालमा निसकृय जस्तै बनेकाले हाल आएर प्रहरी उपरीक्षक विपिन रेग्मीको पहलमा पुनः सुरु गरिएको हो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसंग लागु औषध दुव्र्यसन विरुद्ध अभियान विषेश अन्तरकृया एवम् प्रतिवद्धता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अबईन्द्र बेघाले जिल्लालाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउनुपर्नेमा सबैभन्दा बढी चुनौती धरानमा रहेकोले अभियानमा आफूहरुको एक्यवद्धता रहेको बताउनुभयो । उहाँले घरमहल जति नै अग्ला भएपनि त्यसमा बस्ने मानिसहरु लागु औषध दुव्र्यसन मुक्त नभएसम्म त्यसको कुनै अर्थ नरहर्ने भएकाले अभियानमा पूर्ण सर्मन र सहयोगको घोषणा गर्नुभयो ।
सोही कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले लागुऔषधको दुव्र्यसनीले पार्न सक्ने असरका बारेमा जनचेतनामूलक कार्यक्रमको पालिकाले आयोजना गरी अभियान गर्दै आएको र त्यसमा प्रहरीकै अगुवाईमा हुने अभियानलाई साथ र समर्थन रहने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले अभियानको सुरुवात गर्दै आएको र लागुऔषधको रोकथामका क्षेत्रमा कार्यरत संघसंस्थालाई समेत अभियानमा जड्ने क्रममा पालिकाका प्रमुखउपप्रमुखसंग कार्यक्रम गरेको जानकारी दिनुभयो । भण्डारीले जिल्लाभरीको लागु औषधको अवस्था विषलेशण र तथ्यांक प्रस्तुत गर्नुुहदै सबै भन्दा बढी प्रयोगकर्ता धरान र कम गढीमा रहेको जानकारी दिनुभयो ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले नेपालमा लागु औषध दुव्र्यसनीको संख्या दिन प्रति दिन बढिरहेको बताउनुभयो । उहाँले भारतको खुल्ला सिमाना र सुरक्षा फितलोका कारणले सीमामपारी दुव्र्यसनी गर्न पुग्ने र केहीले तस्कारी गरेर लागु औषध ल्याउने गरेको देखिएकोले सीमापारीको सुरक्षा अधिकारीसंग समन्वय गरी न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले प्रहरीको तथ्याक अनुसार समेत ठूला साना अपराधिक घटनामा लागु औषध दुव्र्यसनीको संलग्नता रहने देखाएले सावधानी अप्नाउन जरुरी रहेको बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लागु औषध दुव्र्यसनमा फसेको व्यक्तिको आयु कम हुने, विभिन्न रोगको सिकार हुने, सामाजिक प्रतिष्ठामा आच आउने भएकाले लागु औषध सेवन, ओसारपसार र कारोबारमा पूर्ण रोक लगाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले लागु औषध सेवनमा फसेको व्यक्ति सहजै उम्किन नसक्ने भन्दै हरेक अभिभावकले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुहुदै त्यसको केन्द्र शैक्षिक संस्थाबाट अभियानको सुरुवान गर्ने बतानुभयो । अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, प्रहरी इकाईका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, फ्यान क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।


ईनरुवा नगरपालिकाको सभाहलमा जिल्ला कार्य सम्पादन समितिको आयोजनामा मुख्य संरक्षक एवं सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जिल्लाका स्थानीय निकायका प्रमुखहरु, उप–प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक, नेपाली सेना, सशस्त्र प्रहरी वल नेपाल सुनसरीका अधिकृतहरु, बिभिन्न सरोकारवाला संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्तरीय फ्यान जिल्ला कार्य सम्पादन समितिका पदाधिकारीहरु एवं समन्वय अधीकृतहरु, संचारकर्मीहरु समेतको उपस्थितिमा “लागुऔषध दुर्व्यसन बिरुद्धको अभियान” चलाउने उद्देश्य अनुरुप “बिशेष अन्तर्क्रिरया एवं प्रतिवद्धता कार्यक्रम” सफल भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विपिन रेग्मीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै दुर्व्यसन बिरुद्धको अभियान नामले नै हाम्रो अभियानको पहिचान दिने कुरामा दुईमत नरहेको बताउनुभयो । किशोर किशोरीहरुलाई फस्न सक्ने जोखिमबाट उठाउनु पर्नेमा जोड दिनुभयो । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.ब.उ. राजन अधिकारीले आयोजकलाई धन्यवाद दिनुहुदै मानिस एक पटक दुर्व्यसनीमा फसे पश्वात पुनः पहिला कै अवस्थामा आउन कठिन हुनेभएकाले समाजमा सकारात्मक क्रियाकलाप बढाएमा दुर्व्यसनीलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

https://studio.youtube.com/video/X-bz_28EoOc/edit

लागुऔषध सम्बन्धी त्रिवर्षीय तथ्याङक प्रस्तुत गर्नुहुदै जि.प्र.का.सुनसरीका प्र.ना.उ. तथा दुर्व्यसन बिरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिका संयोजक नबिन कृष्ण भण्डारीले धरान उम.न.पा.सुनसरी सबैभन्दा बढि जोखिममा रहेको कुरा बताउनुहुदै १४ देखी ३५ वर्ष उमेर समूहका युवाहरु दुर्व्यसनीमा फसेको कुरा बताउदै यस भयावह स्थितिबाट गुज्री रहेको सुनसरी जिल्लामा दुर्व्यसनीको अवस्था बढ्दो दरमा रहेको देखिएको कारण सरोकारवाला निकायको पुनः ध्यान जानुपर्ने बिषयमा जोड दिदै संगसंगै अभियानमा जोडिनु विकल्प नरहेको, नेपाल प्रहरी÷स्थानिय तह र सरोकारवाला निकायहरु संसगै अघिढ्नुपर्ने बताउनु भयो । त्यसै गरी यस कार्यक्रमको अध्यक्षता गरि रहनु भएका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यज्यूले साझेदारीको आवश्यक्ता एकल पहलले मात्र नहुने प्रतिवद्वता गरिसक्नु भएकोमा धन्यवाद दिदै घरबाटै यो अभियान सुरु गर्नुपर्ने, विद्यालयमा शिक्षक र समाजमा समाजले नियन्त्रण गर्नुपर्ने, समस्या धेरै भएको ठाउँमा सँगै जाउँ, चुनौतीहरुलाई पहिचान गरौं, सामाजिक पूर्वाधारमा साझेदारी गरी स्थानीय तहले सकारात्मक सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।