इनरुवामा निकालियो र्याली
अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, माघ ८ गते । सुनसरीको सदरमुकाम इनरुवामा भगवान श्रीरामको प्रणप्रतिष्ठा स्थापनको अवसरमा हजारौको उपस्थिती हनुमान राम मन्दिरबाट निकालिएको छ ।


र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जय श्रीरामको नारा सहित जेल मैदानमा पुगेर समापन भएको हो ।


श्रीराम देखिएको झण्डा, व्यानर र ताण्डव नाच सहित अस्पातल हुदै मुख्य बजार, भगवती मन्दिर बबिया चौक, जिल्ला प्रहरी कार्यालय हुदै बस चौक, पानी टंकी, भगवती मावि पछाडी हुदै इनरुवा नगरपालिका सहित शान्ती चौक सहित लोकतान्त्रिक चौकसम्म पुगेको छ । र्यालीमा सहभागीहरुले सनातन हिन्दुहरुको आस्थाको केन्द्र अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा स्थापना र नेपालको जनकपुरसंगको साईनो समेत भएकाले उत्सवको रुपमा र्यालीमा सहभागी भएको प्रतिकृया दिएका छन् । इनरुवामा राष्टिय बजरंग दलको अगुवाईमा नगरपरिक्रमा गरेको थियो । मौलिक, आधुनीक र पौराणीक शैलीका ताण्डब नाच सहितको र्याली निकालिएको दलका मुन्ना साहले जानकारी दिनुभयो ।
