जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ९ गते । सुनसरीको इनरुवामा रहेको कोशी प्रदेश प्रहरी अस्पतालको पूर्वमन्त्री सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितको टोलीले निरीक्षण गरेको छ । मंगलबार प्रतिनिधि सभा सदस्य समेत रहनुभएका कार्कीले जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, इनरुवा नगर प्रमुख केदार भण्डारी, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरी सहितको उपस्थितीमा कोशी प्रदेश प्रहरी अस्पतालको निरीक्षण गर्नुभएको हो ।

कार्कीले अस्पतालमा रहनुभएका तीन जना चिकित्सक सहित १२ स्वास्थ्यकर्मी र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसंग पनि निरिक्षणको क्रममा छलफल गर्नुभयो । उहाँले इनरुवामा नै कोशी प्रदेश प्रहरी अस्पताल रहने भएकाले कोही कसैले शंका गर्नुनपर्ने बताउनुभयो । प्रदेश प्रहरी अस्पताल इनरुवाका लागि सबै दृष्टिकोणले उपयुक्त रहेको उहाँको भनाई रहेको थियो । मोरङमा सुविधा सम्पन्न अस्पताल भएको र इनरुवामा अस्पताल अभावका कारणले बिरामीको समयमा उपचार नपाएर समस्याको समाना गर्दै आएको बेलामा प्रदेश प्रहरी अस्पतालले यस क्षेत्रको जनताको स्वास्थ्य सेवालाई सहज पार्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
फरक प्रसङगमा बोल्नुहुदै नेपाली काङग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका पूर्व मन्त्री कार्कीले राष्ट्रिय सभामा गठबन्धनका उमेदवारको बिजयी सुनिश्चित रहेको बताउनुभयो ।  उहाँले देश भरमा गठबन्धबाट उमेदवार बनाएका १९ वटै उमेदवारको जित सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । राप्रपाले एमालेसंग गठबन्धन गर्दैैमा गठबन्धनका उमेदवारलाई कुनै असर नपर्ने उहाँले ठोकुवा गर्नुभयो ।
कोसी प्रदेश सहित देशभरमा मतभारको हिसाबले गठबन्धनका उमेदवार अगाडि रहेकाले गठबन्धनका उमेदवारको बिजयी सुनिश्चित भएको दाबी गर्नुभयो । राप्रपा र एमाले गठबन्धनको बिषयमा नाम उल्लेख नगरेपनि नाङग्लो बजाएर हात्ति तर्साउने कामले गठबन्धन कदापि नडराउने उहाँले दाबी गर्नुभयो ।
निरीक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सभापति राजन मेहता, प्रदेशसभा सदस्य इस्राईल मन्सुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी लगायतको सहभागिता रहेको थियो । फरक प्रसंगमा नेपाली काग्रेंसका केन्द्रिय समेत रहनुभएका कार्कीले प्रतिनिधि सभा निर्वाचनमा १९ वटै सिटमा गठबन्धका उम्मेरबाहरु जित्ने दावी गर्नुभयो । उहाँले मतदान भएर नजित घोषणा हुन मात्रै बाकी रहेको जिकिर गर्नुभयो । अर्का केन्द्रिय सदस्य राजिव कोईरालाले आफूहरुको सहितको टोलीले प्रधानमन्त्रीसंग भेटेर आएपछि इनरुवामै कोशी प्रदेश प्रहरी अस्पताल रहेने र त्यसको लागि पूर्वाधार समेत रहेकाले अन्यत्र लाने वा जाने कुरा हल्ला मात्रै हुने बताउनुभयो ।


१, सुनसरीको इनरुवामा प्रहरी अस्पतालको निरीक्षण गर्नुहुदै पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित सहभागी नेताहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा