अबैध लागु औषध गाँजा सहित दुई जना पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ९ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाबाट अबैध लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी चौकी राजगञ्जसीनुपारीबाट खटिएको प्रहरी अधिकृतको टोलीले चेकजाँच गर्ने क्रममा को १ ह ५०९९ नम्बरको अटो भित्रपट्टीको माथिल्लो भागमा ४० प्याकेट लागूऔषध गाँजा सहित सुनसरीको धरान उपमहानगरपालिका ११ का २९ वर्षिय कुमार तामाङ्ग र ३० वर्षिय रामबहादुर राईलाई पक्राउ गरिएको हो । प्रहरीले देवानगञ्ज गाउँपालिका वडा नंम्बर ६ नहरचौकबाट अटोको पछाडी पट्टी ईन्जीनको डिक्कीमा प्लाष्टिकको बोरा भित्र लुकाई राखेको अबस्थामा ४० प्याकेट गरी, एक के.जी.को प्याकेटको दरले ८० वटा प्याकेटमा ८० के.जी.लागु औषध गाँजा फेला पारी कानून बमोजिम बरामद एंव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।



१, सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाबाट अबैध लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना आरोपीतलाई सार्वजनिक गर्दै ।
तस्विर ः
