सुनसरीको इनरवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा नेता र प्रधानाध्यापक सहितका व्यक्तिहरुको कब्जामा रहेको तथ्यले देखाएको छ । प्रायः सबै सामुदायिक विद्यालयमा राजनीतक, जातिय, धार्मिक पहुच र परिवारबादमा लिप्त भएकाहरुको कब्जामा रहेकाले शैक्षिक गुणस्तर उठ्न नसकेको देखिएको छ । राजनीतक पार्टीका नेता अनि त्यही नोतको भातृसंस्था, सुभेक्छुक संस्थाका झोलेहरुको भर्ना केन्द्र भएपछि सामुदायिक विद्यालयको शिक्षाको अवस्था दिनप्रतिदिन खस्कदै गएको हो । इनरुवा नगर शैक्षिक सुधार अभियानले थालेको अध्ययन र जागरण कार्यक्रमका क्रममा धेरै विद्यालयहरुमा राजनीतिक पहुच र प्रअहरुले परिवारबादको दम्भमा राहत, करार, विद्यालय कर्मचरी, लेखा कर्मचारी, प्राविधिक कर्मचारी र बालकालिका केन्द्रका साका नियुक्ती भएको फेला परेको छ । कयौ सामुदायिक विद्यालयमा सूचना समेत बाहिर ननिकालि काजगी रुपमा प्रकृया पुर्याएर संघीय सासददेखी शिक्षक संघका नेताहरुसम्म, प्रधानाध्यापक देखी विद्यालय व्यवस्थापन समितिका अध्यक्षसम्मको परिवारभित्रैबाट नियुक्ती गरेकाले पढाउने भन्दा पदीय उदमात र दम्भका बारणले शिक्षाको स्तरमा सुधार नभएको पाइएको छ । नगर क्षेत्रका ३० वटा सामुदायिक विद्यालय मध्ये दुई विद्यालयको मात्रै चर्चा गरेपछि इनरुवाको सामुदायिक विद्यालयको अवस्था घाम जतीकै छर्लग हुन्छ । त्यसमा एउटै वडा इनरुवा नगरपालिका वडा नम्बर २ को बालमन्दिर मावि र राजाजि रामजी माविको करारे, राहाते, साका, विद्यालय कर्मचारीको कुरालाई केलाउदाँ पहुच र परिवारबादमा सामुदायिक विद्यालयलाई लगेको देखिन्छ ।
सामुदायिक विद्यालय बन्यो परिवारको भर्ना केन्द्र ः
जिल्लाको सदरमुकाम मात्रै होईन परिवारबादमा लिप्त प्रअ र नेताका लागि पनि सदरमुकाम नै कायम गर्न सफल भएको छ इनरवा । हाम्रो इनरुवा नगरपालिका वडा नम्बर २ को बालमन्दिर माविमा प्रावि तहका प्रधानाध्यापक सत्यनारायण मेहताले माविका शिक्षक पटक पटक इनरुवा नगरपालिकाले पठाउने प्रयास गरेपनि आउन नदिएको, अग्रेंजी माध्यमको पठाईको नाममा विना निणर्य अबैध असुली गरेको र आफ्नै छोरा तथा भजिताको नियुक्ती गरेका छन् । कुनै सूचना समेत जारी नगरि कागजी घोडाको भरमा छोरा र भतिजालाई करारे, राहाते तथा विद्यालय कर्मचारीको रुपमा भर्ना गरेका छन् । मेहताको विद्यालयका कुरालाई केलाउदाँ विगतमा नेपाली काग्रेंसको सुभेक्छुक संस्था नेपाल शिक्षक संघमा हुदाँ र अहिले नेकपा एमालेको भातृसंस्था शिक्षक संगठनमा आउदाँ समेत सबै पार्टीको पहुचको बलमा परिवारबादमा लिप्त हुदै नियुक्ती गरेका छन् ।
कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताका छोरा देवेन्द्र मेहता (रमेश मेहता), रामप्रसादकै भाई प्रधानाध्यापक सत्यनारायण मेहता भएकाले भतिजा र आफ्नै छोरा विजेन्द्र मेहतालाई समेत विद्यालयमा छिराउन सफल भएको देखिन्छ ।
मेहताले बालमन्दिर माविलाई सामुदायिक विद्यालयको रुपमा नभई परिवारवादको विद्यालयको रुपमा लगेको देखिन्छ । मेहताले दाईभाईको संगठन तथा पार्टीको पहुचको दम्भमा नियुक्ती गरेकाले केही पात्रलाई इनरुवा नगर शैक्षिक सुधार अभियानका विरुद्ध विज्ञप्ती समेत निकाल्न लगाएको खुलेको छ । मेहताको सबै फटाही वा गल्तीहरु बाहिर आउने डरले झोले संघसंगठनको दुरुपयोग गरेको समेत नगरकै शिक्षकहरुले दावी गरेका छन् ।
त्यसैगरी जिल्लाको सदरमुकाम हाम्रो इनरुवा नगरपालिका वडा नम्बर २ को राजाजी रामजि महतो दास माविमा अयोग्य प्रधानाध्यापक एवम् राहतका शिक्षक नारायण मेहताले पनि माविका दरबन्दीका शिक्षकलाई आउन नदिएको अवस्था छ । त्यसको मुख्य कारण आफ्नै श्रीमती सरस्वती सिंहलाई बालविकास केन्द्रमा नियुक्ती गर्ने, आसेपासेलाई जागीर खुवाउने नियतका साथ काममा होमिएको रहेछ । रेनु पण्डीत लामो समयसम्म काम गरेको भएपनि नारायण मेहताले आफ्नै श्रीमतीलाई जागिर खुवाउने भएले विना कारण निकालिएको थियो । मेहतालाई पटक पटक इनरुवा नगरपालिकाले मावि शिक्षक पठाउने प्रयास गरेपनि उसैले आउन नदिएको, बार्षिक रुपमा विधार्थीबाट परीक्षा र रजिस्टेसनको नाममा विना निणर्य अबैध असुली गरेको र आफ्नै छोरालाई नीजिमा पढाएर सरकारीमा अभिलेख राखेको तथा श्रीमती सरस्वती सिंह सहित तत्कालिन विद्यालय व्यवस्थापन समितिका परिवारका सदस्यहरु, संघीय संविधान सभा सदस्य सिताराम मेहताको बुहारीको नियुक्ती गरेका छन् । कुनै सूचना समेत जारी नगरि स्कुलकको कागजी घोडाको भरमा श्रीमती र आफन्तलाई करारे, राहातेको रुपमा भर्ना गरेका छन् । मेहताको विद्यालयका कुरालाई केलाउदाँ विगतमा नेपाली काग्रेंसको सुभेक्छुक संस्था नेपाल शिक्षक संघमा आवद्ध रामलखन मेहताको श्रीमतीलाई समेत पूर्व प्रधानाध्यापकको पालामा पार्टीको पहुचको बलमा नियुक्ती गरेको रहेछ । मेहताले राजाजी माविलाई सामुदायिक विद्यालयको रुपमा नभई समिति र प्रअ तथा नेताका परिवारको सदस्यहरुलाई जागिर खुवाउने उर्वर ठाउँको रुपमा लगेको देखिन्छ । मेहताले विद्यालयको दोहोन यतीसम्म गरेका छन की केही करार र राहत शिक्षक नियुक्तीको क्रममा विद्यालयलाई प्राप्त भएको सहयोग ((अर्को भाषामा घुसको रकम) व्याजमा लगाउने र मिटर व्याजीको रकम समेत कमाउ धन्दामा लागेका छन् । विगतमा मधेसी जनअधिकार फोरमको पार्टीको बलमा आफू नियुक्त भएका मेहताले पछि परिवर्तित नेपाली काग्रेंसमा पुग्दाँ काग्रेंसका नेताहरुको र दाईभाईको संघसंगठन तथा पार्टीको पहुचको दम्भमा उनीहरुको परिवारका सदस्यहरु नियुक्ती गर्न बाध्य भएको देखिन्छ । सोही बलमा नेपाल शिक्षक संघ इनरुवाका अध्यक्ष रामलखन मेहतालाई दबाब दिएर निराधार आरोप लगाई इनरुवा नगर शैक्षिक सुधार अभियानका विरुद्ध विज्ञप्ती समेत निकाल्न लगाएको खुलेको छ । नेपाल शिक्षक संघ इनरुवाका अध्यक्ष रामलखन मेहतालाई साविक गौतमपुरमा हुदाँ आफ्नै विधार्थीलाई करकापमा पारेर बालविबाह गरेकाले र सामाजिक बहिस्कार भएको भएपनि अहिले संघको जिम्मेबारी दिएको दबाब दिएर शैक्षिक सुधार अभियानले अनुगमन गर्दा करारे, रहाते र कमसल तर नियुक्ती पाएकाहरुको पर्दाफास हुने भएपछि निराधार आरोप लगाई इनरुवा नगर शैक्षिक सुधार अभियानका विरुद्ध विज्ञप्ती समेत निकाल्न लगाएको रहेछ ।
झोलेहरुको जागिर केन्द्र हुदाँ शैक्षिक गुणस्तर खस्दै सामुदायिक विद्यालय

सुनसरीका विभिन्न स्थानीय तह सहित इनरुवामा समेत सामुदायिक विद्यालयलाई भोलेहरुको जागिर खाने केन्द्र बनाएकाले र्शक्षिक गुणस्तर खस्कदै गाएको छ । प्रतिस्प्रधा विना जागिर खाएपछि विधार्थी, विद्यालयप्रति भन्दा आफ्नो नेता, प्रअप्रति मात्रै बफादार हुदाँ समस्या देखिएको छ ।
शैक्षिक सुधार अभियानका विरुद्धमा फर्जी र निराधार विज्ञप्तीको भित्रि रहस्य ः
इनरुवा नगर शैक्षिक सुधार अभियानले आफ्ना ३९ वटा माग र मुद्धा सहित जागरण अभियान चलाएको बेला त्यसको विरुद्धमा एमालेका तर्फबाट इनरुवा ९ का वडा सदस्य रामसुन्दर मेहता, झोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र मेहतालाई दबाब दिएर फर्जी र निराधार विज्ञप्ती निकाल्न लगाएको थियो । त्यसको भित्रि रहस्य बुझदा मेहतादोय आफै अभियानका संयोजक दिलिपचन साहुको घरमा पुगेको र अभियानमा सदस्य राख्न आग्रह गरे अनुसार नै राखिएको ८ दिनपछि जातीय र पार्टीको दबाव दिएर आफ्नो बेईज्जती भएको भन्दै भावनामा डुबाएर निराधार विज्ञप्ती निकाल्न लगाएको रहेछ । त्यसको टाईपिंग समेत बालमन्दिरका प्रअ सत्यनारायण मेहताको आदेश भएको रहेछ । अर्को विज्ञप्तीमा समेत कामचोर प्रवृति र राहत करारको झण्डलाई प्रयोग गरेको देखिन्छ । कुनै पनि संस्थागत विज्ञप्ती निकाल्दा संस्थागत निणर्य चाहिन्छ तर झोले शिक्षक संघ संगठनको नाममा विना निणर्य नै निराधार, कपोकल्पित र भ्रमात्मक अनि कुनै व्यक्तिको सामाजिक प्रतिष्ठामा आच आउने गरि जार्टी, जाती र अवैध तथा अवैधानिक नियुक्त भएका पात्रहरुको प्रयो गरेको रहेछ ।
शिक्षक र कर्मचारी संघ संगठनको विज्ञप्ती प्रकरणमा निराधार विज्ञप्ती निकाल्न बाध्यता भएको पात्रको रहस्य १, रामलखन मेहताले आफू भन्दा आधा उमेरको तर विवाहको उमेर नुपुगेको केटीसंग भागी विवाह गरेकाले साविकको गौतमपुरबाट सामाजिक बहिस्कारमा परेकाले रामप्रसाद मेहता र सत्यनारायण मेहताहरु काग्रेंसमा हुदाँ संरक्षण गरेको, फेरी सोही रामलखन को श्रीमतीलाई राजाजी माविमा करार राहतको जागिर लगाईदिएको नुनको सोझो दिन बाध्य बनाएको रहेछ । अर्का एमालेका भातृ संस्था शिक्षक संगठनका अध्यक्ष भन्ने चान्दनी आधारभुत विद्यालयका प्रअ जस्को विद्यालयमा शिक्षक भन्दा आधा मात्रै विधार्थी रहेको र रक्सीमा मागेर टिल्ल हुने तर राजनीतिक संरक्षण रहेको पात्रलाई दुरुपयोग गरेको रहेछ । अर्को श्री नेपाल राष्टिय हरी माविका राहत शिक्षक सुभकलाल सरदारलाई विना प्रतिस्प्रधामा जागिर खुवाउन योगदान गरेकाले मेहताले दुरुपयोग गर्न सफल भए । अर्का विज्ञप्तीमा हस्ताक्षर गर्ने रमेश चौधरी जो सरस्वती माविको क्यान्टिनको संरचना चोरेर लगेको, विधार्थीबाट अवैध रकम उठाएको र प्रासमा नियुक्ती भएर लेखापालको तलब सुविधा खाएर विद्यालयलाई दुहुनो गाई बनाएको पात्र हुन । उनका विरुद्धमा अख्तियारले नियुक्तीको विषयमा छानविन गरिहेको छ । यी र यस्तै कथाका कथाकार नाईकेहरुको भिडबाट निराधार विज्ञप्ती निकाएिको रहेछ ।

अर्को यो गोरखापत्र दैनिकको समाचार प्रकरण पनि हो । तल समाचारको अंश

सुरेन्द्र र रामसुन्दरको संयुक्त प्रेस विज्ञप्तिमा भने अनुसार व्यक्तिगत स्वार्थको लागि अभियानको नाममा पुस १४ गते शनिबारका बोलाएको भनेको छ । उनीहरुलाई कसैले बोलाएको होईन कसैलै पठाएको वा सुराकी गर्न समितिमा बस्न इक्छा व्यक्त गरेको हुन सक्ने र पछि अरुले थाहा पाउने भएपनि अभियानलाई बदनाम गर्ने पात्रको रुपमा प्रयोग गरेको देखिन्छ । यी दुई जना दिलिपचन साहुको घरमा जानु र तीन घण्टासम्म बस्नु र समितिमा राख्न आग्रह गर्नु अनि केही दिनपछि विज्ञप्तीको नाटक गर्नु कुनै न कुनै हिसावले नियतमा खराव देखिन्छ । अभियानका सचिवले बैठकमा तपाई जनप्रतिनिधि नबस्नु भनेकोमा रामसुन्दरले आफू नागरिक समेत भएकाले अभियान मन परेर बस्न लागेको बताए थिए । सुरेन्द्रले पनि सामुदायिक विद्यालय तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्ने भएकाले बस्न इक्छा जाहेर गरेका थिए । पछि अचानक शिक्षकहरुलाई बदनाम गर्ने उदेश्यले इनरुवा नगर शैक्षिक सुधार अभियानमा लागेको हामीलाई महसुस भएको छ । हाम्रो मन्जुरी बेगरनै उक्त अभियानमा हाम्रोे नाम जोडिएको लजास्पद,हास्यास्पद र गैरनैतिक कार्य गरेको सहजै अनुमान गर्छ सकिन्छ । यी विज्ञप्तमा इनरुवा नगर क्षेत्र भरिका ३० वटै सामुदायिक विद्यालयका शिक्षकहरुलाई पठनपाठनमा सहज वातावरण मिलाईदिन समेत आग्रह गर्दछौँ भनिएको रहेछ । त्यसमा के के असहज ? कस्ले असहज गरेको भन्ने विषय पनि केही छैन । मात्रै सत्यनारायण मेहतालाई सुखी पार्न र अभियानलाई बदनाम गर्न आएको घाम झै छलंग छ ।
के छ त शैक्षिक सुधार अभियानमा तल पूर्ण पाठ

इनरुवा नगर शैक्षिक सुधार अभियान

अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु !

इनरुवा नगरपालिका जिल्लाको सवै भन्दा पुरानो शहर मात्रै नभएर शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिको केन्द्र भागका रुपमा रहेको थियो। बढदो शहरीकरण र जनसंख्या वृद्धि, बसाईसराइ लगायतका कारण सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका जिल्लाको धरान इटहरी दुहवी बराहक्षेत्र भन्दा पछि पर्दै गएको छ । शिक्षा, स्वास्थ्यको भरपर्दो गुणस्तरिय सेवा नपाउदा इनरुवाका हजारौं विद्यार्थी र बिरामीहरु अध्ययन र उपचारका लागी इटहरी, विराटनगर, काठमाडौं जान बाध्य भएका छन ।

यहाँको करोडौं रुपैयाँ इनरुवाबाट बाहिर गइ रहेको छ । जिल्ला हाक्ने अधिकांश नेताहरू इनरुवाको भएपनि यहाँको शिक्षा स्वास्थ्यको लागि सिंको भाँच्न सकेको छैन । इनरुवामै गुणस्तरीय शिक्षाका लागि राम्रा विद्यालयहरु, क्याम्पसहरु भएदिएको भए अन्य पालिकाको विद्यार्थीहरु पनि अध्ययनको लागी यहाँ आउँथ्यो, बजारमा भिडभाड हुन्थ्यो । फल्याटहरु, घरहरू भाडा लाग्थ्यो, बजारमा चहलपहल हुन्थ्यो र व्यापार व्यवसायमा वृद्धि हुन्थ्यो । आज इनरुवा एउटा मृत शहर जस्तो छ ।

इनरुवा नगरपालिकामा रहेको ३० वटै सरकारी विद्यालयहरु भौतिक पुर्वाधारले सम्पन्न छन । विद्यालयको शिक्षकहरुको तलब निजी बोर्डिङको तुलनामा आकर्षक छ तर बोर्डिङको तुलनामा सरकारी विद्यालयमा विद्यार्थी छैनन। इनरुवाको अधिकांश सरकारी विद्यालयहरुमा गरिब, बिपन्न र सीमान्तकृत समुदायका छोराछोरी पढ्छन तर त्यहाँ जागिर खानेमा अधिकांश नेताका छोराछोरी, बुहारी, पत्नी र पार्टीका कार्यकर्ता छन। आजको दिनमा सरकारी विद्यालय राजनीतिक गर्ने अखाडा बनेको छ ।

नेपालको संविधान २०७२ ले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षालाई निशुल्क भनिएको छ तर इनरुवा नगरभित्रका विद्यार्थीहरुसंग अंग्रेजी माध्यमको नाममा, विद्यालय विकासको नाममा, रजिस्ट्रेशन शुल्कको नाममा नियम विपरीत र अबैध शुल्क उठाइरहेको छ। यहाँ पैसा तिर्नेले अंग्रेजी माध्यममा, तिर्न नसक्नेले नेपाली माध्यममा पठनपाठन गर्न बाध्य छ्न । एउटै विद्यालयमा दुई किसिमको शिक्षाको नीति अंगीकार गरेको छ । यो विभेद हो,अन्याय हो, अत्याचार हो । संविधानले प्राथमिक र माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । तर इनरुवा नगरपालिकाले, नगरको शिक्षा समितिले कतिपय प्र.अ. हरुको मिलोमतोमा खाजाको पैसा, अडिटको पैसा, बुक कर्नरको पैसा, स्टेशनरीको पैसा, विद्यालय विकासको लागि आएको पैसामा खुल्लेयाम अनियमितता र भ्रष्टाचार गरिरहेका छन । शिक्षक नियुक्ति हुँदा सोर्सफोर्सबाट हुन्छ। त्यसमा पनि एउटा निमुखा गरिबका छोराछोरीको जागीर हुनु धेरै टाढाको कुरा हो । शिक्षकहरुले सरुवा गरेर आउँदा वा जाँदा सहमतिको नाममा लाखौं रुपैया घूस खुवाउनु पर्छ । विद्यालयका जग्गाहरु दलको कार्यकर्ता द्वारा कब्जा गरिएको छ । कतिपय प्रधानाध्यापक तथा शिक्षकहरु राजनीतिक दलको जुलुसमा गएर कानुनको धज्जी उडाइरहेको छन । समाजलाई ठाडाे चुनौती दिई रहेको छ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !

बिक्रम सम्बत.२०३७ सालमा स्थापित सुनसरी बहुमुखी क्याम्पसको अवस्था हेर्नुस् । केही व्यक्तिको स्वार्थको कारण क्याम्पसको बिकास ओझेलमा परेको छ । शिक्षाको मन्दिर क्याम्पसको विकासमा कसैको ध्यान गएको छैनन । यहाँ त राजनैतिक पार्टीमा व्यवस्थापन हुन नसकेको व्यक्तिलाई क्याम्पसमा व्यवस्थापन गरिन्छ। हरिनगर गाउँपालीकामा साइन्स क्याम्पस छ, जिल्लाको प्रायः सबै पालिकामा प्राविधिक धारको क्याम्पसहरु छन तर आजसम्म इनरुवा नगरपालिकामा सदरमुकाम भएर पनि एउटा साइन्स पढ्ने क्याम्पस छैन । प्राविधिक धार पढ्ने क्याम्पस छैन । यसैबाट प्रष्ट हुन्छ कि, इनरुवाको नेताहरू, स्थानीय सरकार इनरुवा नगरपालिका नगरको शिक्षा प्रति कति संबेदनसिल छ ?

भनिन्छ- ” कुनै देशको जनतालाई गुलाम बनाउनु छ भने त्यहाँका शिक्षा ध्वस्त गरिदिनुस” हो, इनरुवाको जनता माथी यहीँ षड्यन्त्र भएको हो । विश्वव्यापीकरणको यो युगमा राम्रो रोजगारीको लागि गुणस्तरीय शिक्षा अनिवार्य छ तर यहाँ यसको लागि कुनै प्रयास भइरहेको छैन । कुनै योजना छैन, मतलब छैन । यसैको लागि इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगर क्षेत्रको विद्यालयहरु, क्याम्पसहरु सुधारको लागि इनरुवा नगरपालिकालाई , क्याम्पसलाई बारम्बार ज्ञापनपत्र, ध्यानाकर्षणपत्र बुझाउँदा पनि वास्ता गरिएन । सम्बन्धित निकायहरू कानमा तेल हालेर सुतेका छन । इनरुवाका जनतालाई स्थानीय सरकार छ भन्ने कुराको अनुभूती नै भइ रहेको छैन।

हाम्रा मागहरू:

१) सामुदायिक विद्यालयमा आवश्यकता अनुसारको शिक्षकहरु व्यवस्था गर्दै अंग्रेजी माध्यमको नाममा, विद्यालय विकासको नाममा अबैध र रजिस्ट्रेशन शुल्कको नाममा लिइ रहेको बढी शुल्क बन्द गर्नुपर्ने ।

२) नगरको सबै माविमा +२ र प्राविधिक धारको पठनपाठन सुरु गर्नुपर्ने ।

३) भगवती माविमा तत्काल +२,विज्ञान र कानुन संकायको पठनपाठन सुरु गर्नुपर्ने(+२ को लागि ८ वटा माविको दरबन्दी चाहिन्छ तर यहाँ ९ वटा दरबन्दी रहेको छ)।

४) सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थी ओसार्न बस र क्याम्पस अगाडिको बाटो क्लियर गराउनुपर्ने या वैकल्पिक बाटो बनाउनुपर्ने ।

५) विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका लागि लगानी बढाउनुपर्ने ।

६) नगर क्षेत्रका शिक्षकरुलाइ विषय र तह अनुसार दरबन्दी मिलान तथा आवश्यकता अनुसार आन्तरिक सरुवा गर्नुपर्ने ।

७) विद्यालय न आएको दिन र रेड लागेको दिन हाजिरी गर्ने शिक्षकलाइ छानबिन गरि कार्वाही गर्नुपर्ने ।

८) नगरपालिकाको शिक्षा समितिमा विद्यालय व्यवस्थापन महासंघको प्रतिनिधि, स्वतन्त्र व्यक्ति, नागरिक समाज र विज्ञहरुलाई राख्नुपर्ने ।

९) नगरभित्रको सरकारको तलब, भत्ता खाने सबैका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याउनुपर्ने ।

१०) सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमको पठनपाठनको व्यवस्था गर्नुपर्ने ।

११) नगरपालिकाले प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र सहित प्रत्येक वर्ष School of the year र Teacher of the year को व्यवस्था गर्नुपर्ने ।

१२) शिक्षा नियमावली अनुसार प्रत्येक पाँच पाँच वर्षमा कार्य सम्पादनको आधारमा प्रअको नियुक्ति वा प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने ।

१३) सामाजिक परीक्षण र लेखा परिक्षण नागरिकको सहभागितामा गर्नुपर्ने ।

१४) निजी विद्यालयमा अनिवार्य अभिभावक समितिको गठन र सामुदायिक विद्यालयका शिक्षकहरु सरह शिक्षकहरुको तलब समान गर्नुपर्ने ।

१५) नगरपालिकामा आधारभूत तहमा बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्ने ।

१६) बालबिकास देखि कक्षा-३ सम्म नगरपालिकाले सरकारी विद्यालयमा अंग्रेजी किताब उपलब्ध गराउनुपर्ने ।

१७) सामुदायिक विद्यालयले पनि कक्षा-१ देखि कक्षा-१० सम्म उत्तरपुस्तिका अभिभावक समक्ष उपलब्ध गराउनुपर्ने ।

१८) प्रत्येक महिना प्रयोगात्मक परीक्षा गराउनुपर्ने ।

१९) सामुदायिक विद्यालयमा पाठयोजना, पाठनोट तयार गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने ।

२०) शिक्षकहरुलाइ समयानुकूल तालीमको व्यवस्था गर्नुपर्ने ।

२१) वार्षिक बजेट, नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने ।

२२) असल र नियमित रूपमा रहेर पठनपाठन गर्ने शिक्षकहरुलाई सम्मान गर्नुपर्ने ।

२३) प्रत्येक विद्यालयले ४/४ महिनामा शिक्षक- अभिभावक अन्तरक्रिया गर्नुपर्ने ।

२४) नगरपालिकाले शिक्षकहरुलाई खाजाको व्यवस्था गर्नुपर्ने ।

२५) विद्यालय अनुगमन प्रभावकारी र नियमित रूपमा गर्नुपर्ने ।

२६) अभिभावक शिक्षा र जागरण कार्यक्रम गर्नुपर्ने ।

२७) खरिद प्रक्रिया र आर्थिक ऎन, नियमावली अनुसार खर्चलाई पारदर्शी र शीर्षक अनुसार खर्च गर्नुपर्ने ।

२८) विद्यालय समय सम्म नियमित पठनपाठन सहित सृजनात्मक कृपाकलाप गर्नुपर्ने ।

२९) शिक्षा समितिको बैठक नगरपालिकाको पेज र अन्य मिडियाबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने ।

३०) विद्यालयमा कर्मचारी र शिक्षक भर्ना गर्दा पारदर्शी रूपमा गर्नुपर्ने ।

३१) प्रत्येक विद्यालयले प्रतिवर्ष वार्षिक बजेट बनाइ आर्थिक कारोबार गर्नुपर्ने ।

३२) प्रत्येक विद्यालयमा छुट्टै सूचना फाँट राख्नुपर्ने ।

३३) निजि तथा संस्थागत विद्यालयमा शिक्षा ऎन, नियमावली निर्देशिका अनुसार अनिवार्य छात्रवृत्ति दिनुपर्ने ।

३४) शैक्षिक मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालय संग समायोजन गर्नुपर्ने ।

३५) मापदण्ड भन्दा बढी विद्यार्थी भएको विद्यालयमा कक्षा कोठा र शिक्षकको थप व्यवस्था गर्नुपर्ने ।

३६) विद्यालय क्षेत्रको सडक दुरुस्त र ट्राफिक संरक्षण हुनुपर्ने ।

३७) विद्यालय, क्याम्पस परिसर ध्वनि प्रदुषण रहित शान्ति क्षेत्र हुनुपर्ने ।

३८) नैतिक शिक्षा मुलक पठनपाठनको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने ।

३९) इनरुवामा कम्तीमा एउटा गुरुकुल विद्यालयको स्थापना गर्नुपर्ने, आदि ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !

हामीले रेफरल अस्पतालको रूपमा चिनिएको इनरुवा अस्पताल सुधार्न सफल भएकै हो । तसर्थ इनरुवा नगरभित्रको शिक्षा सुधार र विकासको लागि पनि हुने शान्तिपूर्ण धर्ना, जूलूस, अनसन, नगरपालिका घेराउ तथा तालाबन्दी जस्ता संघर्षको कार्यक्रममा साथ, सहयोग र समर्थन गरिदिन हुन नगरको युवा, विद्यार्थी, किसान,महिला, व्यापारी, बुद्धिजीवी, शिक्षाप्रेमी, पत्रकार तथा नागरिक समाजलाई इनरुवा नगर शैक्षिक सुधार अभियान हार्दिक अपिल गर्दछ ।

आन्दोलनको कार्यक्रमहरु:-

१) २०८० सालको पुस र माघ महिना- अभियानको प्रचारप्रसार, अन्तरक्रिया र समिति गठन ।

२) २०८० सालको फाल्गुन महिना-धर्ना र जुलुस ।

३) २०८० सालको चैत १ गतेदेखि अनसन ।

४) २०८० सालको चैत २५ गतेदेखि इनरुवा नगरपालिका घेराउ तथा तालाबन्दी ।

इनरुवा नगरपालिकालाई एजुकेसन हब बनाउने सबैले संकल्प गरौं । धन्यवाद, जय इनरुवा