सेभ द अर्थको विश्वास परियोजनाको सामाजिक परीक्षण
सुनसरीको रामधुनी स्थित सेभ द अर्थ नामक संस्थाको माध्यमबाट संचालिन विश्वास परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक परीक्षणको प्रस्तुति गर्नुहुदै अमर खड्काले जिल्लाको आठ वटा स्थानीय उष्णप्रदेशीय रोगहरुको विषयमा सञ्चालित विश्वास परियोजना अन्तरगतको कार्यक्रमको प्रभावकारीता, उपल्बधी र अव चाल्नुपर्ने कदमका बारेमा जानकारी दिनुभयो । सेभ द अर्थ सुनसरीद्धारा स्थानीय तहमा संचालिन विश्वास परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा संस्थाका अध्यक्ष पुष्प भट्टराईले सुशासनका लागि सामाजिक परीक्षण गरेको जानकारी दिनुभयो ।

यस संस्थामा प्रभावकारी रुपमा काम गरिरहेको र सुधार गर्नुपर्ने पक्ष तथा सुशासनका लागि सामाजिक परीक्षण गरेको उहाँले बताउनुभयो । संस्थाले गरेको कामहरूको तथ्यांकलाई अझ व्यवस्थित गर्नुपर्ने, प्रशासनिक तथा मानविय शिर्षक अनुसार गर्नुपर्ने, पारदर्शी, जवाफदेही, सुशासित र स्वचालित संस्थाका रुपमा विकास गर्दै संस्थामा रहेका विभिन्न असल अभ्यासहरूलाई निरन्तरता दिदै जानुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । लक्षित समुहले नै आफै पनि यस्ता कार्यक्रमहरूको संयोजन र संचालन गर्न सक्ने गरी आवश्यक क्षकता विकास गरी उनीहरूलाई नै तयार बनाउदै लैजानु पर्नेमा समेत जोड दिएको थियो ।




कार्यक्रममा दातासंस्थाबाट संजय श्रेष्ठ, विश्वास परियोजनाका मनिष सुवेदी, करुणा फाण्डेशनका अम्बिका सरदार, पत्रकारहरु सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
