शहिद दिवशमा वृक्षारोपण
सुरेन्द्र मेहता । भोक्राहा
शहिद दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो कार्यालय परिषरमा वृक्षारोपण गरिएको छ । जिल्लाका सरोकारबालाहरुको उपस्थितीमा सहिद दिवसको अवसरमा अन्तरकृया सहित वृक्षारोपण गरेको हो ।




वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित विभिन्न कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने समेतको उपस्थिती रहेको थियो ।



उता सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस केन्द्रिय कार्य समितिको निर्देशन अनुसार सुनसरीको भोक्राहा नरसिंह १ स्थिति श्री शारदा माध्यमिक विद्यालयमा काङ्ग्रेसका नेताकार्यकर्ताहरुले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।





वडा नम्बर १ को योजनामा सहिद दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । सहिद दिवसको अवसर पारेर भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस पार्टीका नेताकार्यकर्ताहरुले वृक्षरोपण कार्यक्रम अन्तर्गत लिची , लिटर, मसला लगायतका विरुवाहरु रोप्न गरेर कार्यक्रम सम्पन्न गरेका हुन । वृक्षरोपण कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सदस्य सुनिल साह ,भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल , भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुण अन्सारी, भोक्राहा नरसिंह १ क पार्टी सचिव प्रविन मेहता, समाजसेवी राजेश मेहता,श्यामदेव मेहता लगायत विद्यालयका शिक्षकहरुले एकएक बिरुवा रोप्न गरेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको थियो ।
