नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडा कार्य समितिको आयोजनामा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षतामा र कोशी प्रदेश सभा सदस्य माननीय हाजी इस्राइल मन्सुरीको प्रमुख अतिथित्यमा र नेपाली काङ्ग्रेस सुनसरी जिल्लाबाट खटाइएको प्रतिनिधि राजेन्द्रप्रसाद मेहताको विशिस्ट अतिथित्यमा समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत सहिद दिवसको अवसरमा वृक्षरोपन कार्यक्रम सप्पन्न गरियो । उक्त कार्यक्रमको उदघाटन माननीय हाजी इस्राइल मन्सुरी ज्युले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहिद सुलेमान अन्सारीको छोरा इरफान अन्सारी र नवनियुक्त नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद अन्सारीलाई प्रमुख अतिथिको हातबाट सम्मान गरिएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय हाजी इस्राइल मन्सुरी ज्यु,जिल्ला प्रतिनिधि एवं सहकारी बिभाग प्रमुख राजेन्द्रप्रसाद मेहता,नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,सदस्य ममता कुमारी उराँव,अनिल साह,श्यामदेव मेहता,श्यामदेव मेहता,हिरा उराँव,महाधिवेशन प्रतिनिधि इरफान मिया,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका नेता देवनारायण मेहत कार्यसमितिका उपसभापति मुस्तक मिया,मन्जिला उराँव,सचिव कृपाराम मेहता,सह-सचिव सेराज हुसेन,भोक्राहा नरसिंह ५ का सभापति एवं नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद,६ का सभापति जमालुद्दिन मन्सुरी,७ का सभापति कोसिल मण्डल,८ का सभापति कलिम मिया लगायतका उपस्थिति थियो ।