राजेश मेहता । भोक्राहा
नेपाली काग्रेंसले थालेको समुदायमा काग्रेंस अभियान अन्तरगत आज साझ भोक्राहा नरसिंह गाउँपालिका स्थित चिरौली चौकमा दिप प्रज्जवलन गरेको छ । प्रत्येक टोल र गाउँगाउँमा पुग्ने उदेश्यका साथ कांग्रेसले थालेको सामुदायमा काग्रेंस अभियान अन्तर्गतको आज पहिलो दिन शहिद दिवसको अवसर पारेर चिरौली चौकमा दिप प्रज्जवलन गरेको हो ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका समिति वडा नं.–४ को आयोजनामा गाउँपालिकाको केन्द्र विन्दु चिरौली चौकमा दिप प्रज्जवलन कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा स्थानीय २५० जना भन्दा बढीको सहभागीता रहेको पार्टीले जनाएकाको छ ।