सुनसरी सदरमुकाम इनरुवामा शहिद दिवसको अवसर पारेर दिप प्रज्जवलन गरेको छ । इनरुवा जेसीजको आयोजना आज साझ शहीद दिवसको अवसरमा इनरुवाको लोकतान्त्रिक चौकमा शहीदहरुको समझानामा दीप प्रज्जवलन गरेको हो ।

जेसिजका अगुवाहरु तथा अग्रजहरुको उपस्थितीमा शहिद दिवसको अवसर पारेर इनार चौकमा दिप प्रज्जवलन गरेको जनाएको छ । दिप प्रज्जवलन कार्यक्रममा विरेन्द्रकुमार साह, निखिल पोखरेल, इनरुवाका उपप्रमुख विनितकुमारी मेहता, नेता योगेन्द्र मेहता, अबुल हुसेन, चिनेश्वर मेहता सहितको उपस्थिती रहेको थियो ।

तस्विर ः टोमराज मेहता । इनरुवा