सरस्वती र भगवतीमा फ्यान क्लब गठन
अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, माघ १८ गते । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको इनरुवा नगरपालिका ९ को सरस्वती माध्यमिक विद्यालय र इनरुवा १ को भगवती माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो ।

इनरुवा नगरपालिका ९ को सरस्वती माध्यमिक विद्यालयमा रुपककुमार मेहताको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ । फ्यान क्लबको सदस्य सचिवमा किरण यादव, सदस्यहरुमा सुरेन्द्र यादव, मधु यादव, पवन यादव, पुजा यादव, मनिषा कुशवाहा, अन्जली मण्डल, कृति गुप्ता, इशा गुप्ता, अन्जना उराँव, सलमान अंसारी र संरक्षणक शिक्षक श्याम प्रसाद साह रहनुभएको छ ।




त्यसैगरी इनरुवा १ को भगवती माध्यमिक विद्यालयमा रेजिना राउँतको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ । फ्यान क्लबको सदस्य सचिवमा इर्साद अंसारी, सदस्यहरुमा रेविका उराँव, लक्ष्मी परियार, रोहित मण्डल, चन्दन मेहता, रिजवान मंसुरी, शितल लहेरी, नियामसद्धिन मियाँ, आर्जु कर्मचार्य, प्रिति चौधरी, काजल उराँव र संरक्षण शिक्षक मिकेश सुवेदी रहनुभएको छ ।

फ्यान क्लबको गठनमा जिल्ला सदस्य सचिव कविता लुईटेल, सल्लाहकार जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो । सरस्वतीमा प्रधानाध्यापक तेजनारायण यादव, सल्लाहकार विनिता दाहाल, शिक्षक कृष्णराज तिम्सिना, र भगवतीमा प्रधानाध्यापक गंगा पौलेड सहितको उपस्थिती रहेको थियो ।


१, लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको इनरुवा नगरपालिका ९ को सरस्वती माध्यमिक विद्यालय फ्यान क्लवका पदाधिकारीहरु

२, इनरुवा १ को भगवती माध्यमिक विद्यालयमा गठन भएको फ्यान क्लबका पदाधिकारीहरु ।
