राजविराजमा द्धन्द्ध गराउने मुख्य योजनाकार मुख्यमन्त्री ः यादव
विन्दु कुमार यादव
राजविराज, १८ माघ । जनमत पार्टी, मधेश प्रमुख महेश प्रसाद यादवले राजविराजमा द्धन्द्ध गराउने यस प्रदेशका मुख्यमन्त्री मुख्य योजनाकार रहेको आरोप लगाउनुभएको छ । मधेश प्रदेशको पूर्व शिक्षा तथा संस्कृति मन्त्री समेत रहेका महेश प्रसाद यादवले आफू निर्वाचित भएको क्षेत्रमा नै द्धन्द्ध गराउने मुख्य योजनाकार मुख्यमन्त्री रहेको आरोप लगाउनुभएको हो ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री सरोज यादव र जसपा अध्यक्ष उपेन्द्र यादवले सुनियोजित रुपमा घटना घटाएको उनले आरोप लगाएका हुन्। नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा विहीवार एक पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्री र जसपा अध्यक्षबाट एकदमै घिनलाग्दो घटना भएकोमा आपत्ति व्यक्त गरेका छन्।
जनमत पार्टीको संसदीय दलको नेता समेत रहेको पूर्व मन्त्री यादवले जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूको बहिर्गमनले प्रदेश सरकारभित्र एक किसिमको तरङ्ग नै ल्याई दिएको बताए।
मुलुक संघिय गणतन्त्रात्मक संरचना प्रणालीमा नेपालको संविधान, २०७२ को कार्यान्वयन दोस्रो कार्यकालबाट गुज्रिरहेको बताउदै उनले संघिय व्यवस्थाको संस्थापक प्रदेशको रूपमा चिनिने मधेश प्रदेश नै रहेको बताए । गत वर्ष २०७९ को मङ्सिर ०४ गते भएको आम निर्वाचनमा चाहिएको सिट कुनै पार्टीले जित्न नसकेर मधेश प्रदेशमा सबै दलहरू मिलेर सदन र सरकार चलाउनु पर्ने साझा बिचारको जन्म भएको बताए।
आफूले २०७९÷१०÷२० गते शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री पदको शपथग्रहणलिँदै २०७९÷१०÷२२ गते पदभार ग्रहण गरी आफूले पाएको जिम्मेवारीको दायरा भित्र गरेको कामकाज समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो ।
साक्षर मधेश प्रदेश घोषणा,गुणस्तरीय शिक्षा मापन स्केल नीति ल्याउने,सीमान्तकृत समुदायको लागि विशेष नीति,प्रादेशिक शिक्षा ऐन,दण्ड पुरस्कारको नीति,शिक्षा विज्ञहरूसँग त्रैमासिक स्कुलिङ्ग, ,धेश कृषि विश्वविद्यालय र मधेश विश्वविद्यालयमा पठनपाठनको शुरुवात, व्यवहारिक, संस्कारी र मातृभाषा शिक्षामा जोड,विज्ञान, प्रविधि सँग सम्बन्धित प्रदेश स्तरीय जडान, व्यापार तथा वाणिज्य सम्बन्धी विशेष नीति,प्रदेश स्तरमा हानिकारक पदार्थको नियमन र व्यवस्थापन,सामुदायिक विद्यालयहरूको वास्तविक शैक्षिक अवस्थाको निरन्तर निरिक्षण ,दातृ निकाय संस्थाहरूलाई रेकर्डका लागि मन्त्रालयमा दर्ता गरिने कामको शुरुवात,बालविवाह मुक्त १० वर्ष योजना सार्वजानिक, मधेश प्रदेशको आठै जिल्लामा खेल ग्राउन्डको स्तर उन्नती योजना ल्याएको जानकारी दिए ।
गरिब दलितको लागि गोईठा विस्थापन कार्यक्रम,विकासको लागि विशेष शैक्षिक परियोजना स्वीकृत गराई ३० करोड बजेट समेत ल्याएको,कन्या आवसित विद्यालय निर्माण गर्न बजेट विनियोजन,मधेश कृषि विश्वविद्यालय र मधेश विश्वविद्यालयको पठन–पाठन सुरुवात ,राजविराज, लहान, जनकपुर, जलेश्वर, मलगंवा, गौर र विरंगन्ज लगायतको शहरहरुमा मजदुर विश्राम कक्ष निर्माण गर्न योजना ल्याएको जानकारी दिए। सप्तरीको मरौटी (कृष्णासवरण), चनरभोगा, ललापटीको लालेश्वर महादेव, पातोको डाक्नेश्वरी देवी, कटैयाको दिनाभद्री बाबा, भारदहको कंकालनी मन्दिर प्रदेशको नीति आयोगमा समावेश गर्न सफल भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
जनमतलाई २ बटा मन्त्री र १ वटा राज्य मन्त्री दिएको थियो। जसमा ३÷४ महिना नबित्दै कृषि मन्त्री र राज्य मन्त्रीलाई हटाएर विना विभागीय बनाई दियो र मैले पाएको मन्त्रालय शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय योजना र बजेट विहीन बनायो। म मन्त्री त थिए तर मेरो मन्त्रालयमा न कुनै योजना दियो न त बजेट , न सचिव नै। यस्तो अवस्थामा ३ महिना बस्दा मन्त्रालय पनि टुक्राएर शिक्षा तथा समाज कल्याण मन्त्रालय बनाई दियो। शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउँदा कै अवस्थामा बजेट विनियोजन गरे। तर बजेट कार्यान्वयनको समयमा म सँग वा क्याबिनेटको निर्णय बेगर नै मुख्यमन्त्रीले मोनो पोली ढङ्गबाट असोजमा आएर फेरी मैले जिम्मेवारी पाएको मन्त्रालय टुक्राएर शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी मलाई दिएको बताए ।
भ्रष्टाचार र कमिसनको खेलः–
आफूले पाएको मन्त्रालयबाट कुनै किसिमको भ्रष्टाचार र कमिसनको खेल हुन नदिने अडान राखेपछि। मेरो मन्त्रालयको कुनै पनि फाइल अगाडी बढ्न नदिने मनसाय अर्थमन्त्री र मुख्यमन्त्रीको देखियो। योजना सुरु हुनुभन्दा पहिले कमिसनको डिमान्ड आउथ्यो। जो खेद जनक कार्य रहेको बताए । मधेश कृषि विश्वविद्यालयमा करौडोको हिनामिनाका कारण कुनै कामकाज अगाडी बढेका थिएन। अख्तियारमा मुद्दा चलिरहेको अवस्थामा पनि म सबै फाइललाई अगाडी बढाएर पठन–पाठन देखि निर्माण कार्यको लागि बजेट समेत विनियोजन गरेको थिए।
बर्षौ देखिको आन्दोलन, हजारौँसहिद र कयौँघाइतेहरूको योगदानबाट देश सङ्घीयतामा गएको छ। प्रदेश सरकारको गठन भएको छ। जसमा मधेश प्रदेश नै संस्थापक हो। पहिलो कार्यकाल र दोस्रो कार्यकालको प्रदेश सरकारको नेतृत्व जसपा ले नै गर्यो। तर मधेश भरी नै घुम्दा आमजनता प्रदेश सरकारप्रति विरोधाभास छन्।
योजना र बजेट पार्टीमूखीः– मधेश प्रदेश सरकार समग्र मधेश वासी आम जनसमुदायको हो। तर जसपा नेतृत्वको सरकारले बजेट विनियोजन गर्दा खास गरी जसपा जितेको क्षेत्रमा बजेट अत्याधिक विनियोजन गरियो।
चुनावको समयमा जसपाको मूलनारा बेटी पढाउ, बेटी बचाउ; र छोरी विमा लाई अग्र स्थानमा राखेका थिए। तर साइकल प्रकरणमा भएको भ्रष्टाचार पुष्टीले जसपा नेतृत्वको सरकारलाई नाङ्गो बनाई दिएको बताए। अर्को तर्फ पुरानो छोरी विमाको लगभग १० हजार फाइल र नयाँ ५ हजार फाइल अहिले पनि अलपत्र अवस्थामा रहेको बताए। राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जनमत पार्टीका नेता तथा प्रदेश सांसद सतिश कुमार सिंह, जनमतको सप्तरी ईन्चार्ज रामगमन साह लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
