थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
इनरुवा, माघ २१ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारेर हिसान सुनसरीले जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । थारु जातीको मौलिक संस्कार झल्किने नृत्य प्रस्तुत गर्ने गरि सम्पन्न भएको लोक नृत्य प्रतियोगितामा धरानको आदर्श उच्च मावि प्रथम भएको छ । सम्पन्न प्रतियोगितामा इटहरी स्थित कस्तुरी स्कुलमा सम्पन्न थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्शले सहभागी १९ वटा विद्यालयलाई पछि पार्दै च्याम्पियन बनेको हो ।



यस्तै इटहरी नमुना स्कुल दोस्रो भएको छ । कस्तुरी कलेज तेस्रो हुँदा कोसी सेन्ट जेम्स इटहरी सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगिताका विजेताहरुलाई हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, गङ्गाप्रसाद चौलागाई, सल्लाहकार लेखनाथ घिमिरे लगायतले प्रमण पत्र सहित पुरस्कारले पुरस्कृत गर्नुभयो ।
यसअघि सनिबार मात्रै हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका जयकृष्ण यादव सहित सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको थियो ।
पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पु¥याएको भन्दै यादवसगैं पत्रकार अर्जुन सुवेदी र भोजराज श्रेष्ठलाई जनही नगद १० हजार रुपियाँको पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको थियो ।
हिसान सुनसरीले प्रत्येक वर्ष बिशेषगरी शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष सागरप्रसाद भटराईले बताउनुभयो । यसअघि यो पुरस्कारबाट पत्रकार भैरव आङला, सुबिद गुरागाईँ र हिमाल दाहाल सम्मानित भइसकेका थिए ।


१, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस मिट २०८० को अवसरमा आयोजना गरेको लोक नृत्य प्रतियोगितामा प्रस्तुत गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
