सुरेन्द्र मेहता । देवानगञ्ज

इनरुवा, माघ २१ गते । सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

देवानगञ्ज गाउँपालिकाको सभा हलमा भएको सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुको भेला सम्मेलनले कुन्दन मेहताको अध्यक्षतामा १५ सदस्य महासंघ गठन गरिएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्जको उपाध्यक्षमा रामनारायण यादव, सचिवमा सम्भु यादव, उप सचिवमा विरेन्द्रकुमार मण्डल, कोषाध्यक्षमा राजकुमारी मेहता चयनहुनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशरी खत्वे, विष्णुदेव मेहता, विभाकुमारी यादव, पिण्टु यादव, सन्जुकुमारी राम, सुनिता राम, चन्द्रिका मेहता, गणेश पंडित, कमलेश यादव र विन्देश्वरी मेहता चयन हुनुभएको छ ।

महासंघको सम्मेलनमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको कोशी प्रदेश सचिव हरिबहादुर कार्की, महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव, हरिनगर अध्यक्ष युवक मुखिया, देवानगञ्ज शिक्षा शाखाका राजकुमार मेहता लगायतकाले सहजीकरण गर्नुभएको थियो । प्रथम सम्मेलनबाट सर्वसहमति चयन भएकाहरुलाई देवानगञ्ज शिक्षा शाखाका राजकुमार मेहताले बधाई दिनुहुदै महासंघसंग नीतिगत रुपमा समन्वय, सहकार्य गर्ने बताउनुभयो । मेहताले महासंघ गठन पनि शैक्षिक सुधार र विद्यालय तथा समुदायका बीचमा समन्वय गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।