त्रीभुवन माध्यमिक विद्यालयमा फ्यान क्लब गठन
अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, माघ २२ गते । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ८ डुम्राहाको त्रीभुवन माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीको पहलमा त्रिभुवन माविमा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो ।





विद्यालयमा युवराज मण्डलको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ । फ्यान क्लबको सदस्य सचिवमा रन्जुकुमारी मेहता, सदस्यहरुमा रोहीत मोची,धर्मेन्द्र साह, ममता बस्नेत, चान्दनी मण्डल, कोमल मण्डल, अनुरधा सिंह, आरती चौधरी, मिथलेश मण्डल, संजिव मेहता, मनोजसिंह दनुवार र संरक्षणक शिक्षक द्रोण प्रसाद पौडेल रहनुभएको छ । फ्यान क्लब गठन कार्यक्रममा जिल्ला सल्लाहकार जयकृष्ण यादव,, विनिता दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का, प्रहरी जवान सुनिल कुमार मुखिया, प्रधानाध्यापक जागेश्वर साह सहितको उपस्थिती रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै फ्यान क्लब जिल्ला सल्लाहकार समितिका जयकृष्ण यादवले लागु पर्दाथ दुव्र्यसनले व्यक्ति, परिवार, समुदाय, समाज र गाउँ,टोल हुनै देशलाई असर पार्ने भएकाले सबैले मिलेर लागु पर्दाथ दुव्र्यसनको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । यादवले लागु पर्दाथ दुव्र्यसनमा लागेकाहरुले रोग किन्न पनि पैसा लाग्ने र निवारण गर्न समेत पैसा लाग्ने र सामाजिक, आर्थिक, पारिवारिक रुपमा समेत क्षती हुने भएकाले त्यसमा लागेकालाई उद्धार गर्नुपर्ने, नलागेकाहरुलाई जोगाउन फ्यान क्लवको महत्वपूर्ण भुमिका रहने भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुहुदै पदाधिकारीहरुलाई बधाई दिनुभयो । प्रधानाध्यापक साहले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानको तेस्रो पटक फ्यान क्लब गठन तथा पुनरगठन भएकाले यसको निरन्तरतामा जोड दिनुभयो ।
