कबर्डी खेलमा छात्रा तर्फ शारदा मावि बलाहा प्रथम
सुनसरी सदरमुकाम इनरुवामा खुलकुद तथा राष्टपती कपको कबर्डी खेलमा छात्रा तर्फ शारदा मावि बलाहा प्रथम भएको छ । समापन भएको फाईनल खेलमा छात्रा तर्फ स्मल हावेन स्कूल द्धितिय र सरस्वती मावि बबिया तृतिय भएको छ । त्यसैगरी छात्र तर्फ स्मल हावेन स्कूल प्रथम, शारदा मावि दितिय र सेम्बोसिश स्कूल तृतिय भएको छ । भलीबल छात्र तर्फ सूर्यकिरण एकेडेमी प्रमथ र कोशी पब्लीक स्कूल द्धितिय भएको आयोजक समितिका बोधराज घिमिरे जानकारी दिनुभयो ।


उता सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्णराज तिम्सिनाका अनुसार विभिन्न खेलमध्ये ८०० मिटरको दौडमा दिपेन यादव प्रथम, छात्रा तर्फको १५०० मिटर दौडमा आरती यादव दोस्रो,ज्याभ्लिङ थ्रोमा दिपेन यादव प्रथम, २०० मि. दौड हिट्समा किरण शर्मा, रिले दौडमा छात्रा हिट्स, रिले दौड छात्र हिट्स भएको जनाएको छ ।
