नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित
इनरुवा, माघ २८ गते । नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ । जिल्ला सदरमुकाम इनरुवामा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ब्रहमदेव यादव, विधानन्द यादव, अभिनन्द यादव, आषिश यादव, चन्दन यादव र सत्यनाराययण (सत्य) यादव, महासचिवमा मनोजकुमार यादव, सचिवमा रामचन्द्र यादव, सहसचिवमा सञ्जय यादव र कोषाध्यक्षमा रामाधिन यादव सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुकदेव यादव, रविन्द्र यादव, सञ्जय यादव, देवकृष्ण यादव(विकाश), दुर्गानन्द यादव, ओमनारायण यादव, सत्यनारायण यादव, चन्दन यादव, अरुण यादव, महेन्द्र यादव, हिरालाला पिन्टु यादव, सूर्यनारायण यादव, पप्पु यादव, विनोद यादव, प्रदिप यादव, महेन्द्र यादव सहित सर्वसहमतिमा निर्वाचित हुनुभएको हो ।
सम्मेलनको बन्द सत्रमा निर्वाचन मण्डलका संयोजक अधिवत्ता लखनलाल यादव र सदस्य जयकृष्ण यादव, अभिनन्दन यादवले सहजिकरण गरेर सर्वसहमतिमा पदाधिकारी निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।



























सुनसरीका ११ यादव पत्रकार सम्मानित
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २८ गते । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका यादव समुदायका ११ जना पत्रकारहरुलाई नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको छ । नेपाल यादव सेवा समिति सुनसरीले आफ्नो प्रथम जिल्ला सम्मेलनको अवसर पारेर यादव समुदायका ११ पत्रकारहरुलाई एउटै मञ्चमा सम्मान गरेको हो । समितिको माघ २३ गते बसेको वैठकको निणर्य अनुसार नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनमा जिल्लाबाट विभिन्न संचारमाध्यममा काम गर्नुहुने यादव समुदायका ११ पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनुहुने जिल्लामा पत्रकारहरुमा दुई दशक बढी समयदेखी कार्यरक्त रहनुभएका धरानका पत्रकार राजेश विद्रोही यादव, नेपाल टेलीभिजन इटहरीका पत्रकार सन्तोश यादव, रेडियो नेपाल दुहवीका पत्रकार आषिश कुमार यादव, इनरुवाका नवप्रवेशी सत्यसंसार साप्ताहिका पत्रकार तथा प्रकाशक ममताकुमारी यादव, आवरसुनसरीका सञ्चालक गनेशकुमार यादव, पत्रकार पारश यादव, सत्यसंसारका सम्पादक तथा भोक्राहा नरसिंह ३ निवासी विनायक प्रसाद यादव, प्रदेश पोईन्टका पत्रकार दिपेन्द्र यादव, बर्णमाला दैनिकका पप्पु यादव र नेपाल टाईमलाईनका पत्रकार रविन्द्र यादव, कोशीका पत्रकार देवराज यादवलाई सम्मान गरेको जिल्ला सचिब जयकृष्ण यादवले जनाकारी दिनुभयो । सम्मानितहरुलाई प्रमुख अथिति नेपाल यादव सेवा समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, कोशी प्रदेश सभा सदस्य रामदेव यादवले सम्मान पत्र र खादा ओडाएर सम्मान गर्नुभएको थियो । त्यसैगरी समितिको सुनसरीको प्रथम जिल्ला सम्मेलनमा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवलाई सम्मान गरेको तयारी समितिका संयोजक तथा नवनिर्वाचित अध्यक्ष देवकृष्ण यादवले जानकारी दिनुभयो ।
