जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २९ गते । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बुढा सुब्बा आधारभुत विद्यालयका बालबालिकाहरुलाई पोसाक वितरण गरिएको छ । पूर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले विद्यालयमा अध्ययनरत्त ११० जना बालबालिकाहरुलाई पोसाक वितरण गर्नुभएको हो । सरस्वती पुजाको अवसरमा बालबालिकाहरुलाई पोसाक तथा जुत्तामोजा सेट वितरण गरिएको मेहताले बताउनुभयो ।

मेहताले विद्यालयमा एक कार्यक्रमका बीच बालबालिकाहरुलाई पोसाक वितरण गर्नुभयो । पोशाक वितरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इनरुवा नगरपालिका उपप्रमुख विनिता मेहता, सदस्य विरेन्द्र कुमार मेहता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि थापा मगर सहितको उपस्थिती रहेको थियो ।