दर्शन एफएम आफ्नो प्रशारण यात्राको तेस्रो वर्षमा प्रवेश
सुनसरीको सीमावर्ती गाउँ देवानगञ्जमा संचालन भएको जिल्लाकै पहिलो ग्रामिण रेडियो दर्शन एफएम १०१.८ मेगाहर्ज आजबाट आफ्नो प्रशारण यात्राको तेस्रो वर्षमा प्रवेश गरेको छ । देवानगञ्ज गाउँपालिका २ बाट प्रशारणमा रहेको दर्शन एफएमले २ वर्ष अगाडि फागुन १ गगेको दिन आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो । नागरिक अभियान ब्रोडकाष्टिग नेटवर्क प्रालिले २०७८ सालबाट दर्शन एफएम संचालन गरेको सञ्चालक विवेक कुमार मेहताले जानकारी दिनुभयो । ग्रामिण परिवेशमा विभिन्न आरोहअवरोहका बीचमा नागरिकको सूचनाको हक र सुसुचित हुने हकको संरक्षण सगैं शिक्षा, सचेतना र मनोरन्जन दिने उदेश्यका साथ सञ्चार क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको पत्रकार जयकृष्ण यादवको भनाई छ । दुई दशकदेखी पत्रकारितथा गर्दै आउनुभएका यादवले
दर्शन एफएम दोस्रो वर्ष पार गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियो सञ्चालक विवेक मेहता सहित सबै परिवारमा शुभकामना दिनुभएको छ ।
उता सञ्चालक मेहताले रेडियो स्थापना तथा प्रसारण देखि हालसम्म निरन्तर सहयोग गर्ने स्थानीय तह, संघ, प्रदेश सरकार, विज्ञापनदाता, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाहरू, आम श्रोता, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी लगायत शुभचिन्तक तथा शुुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ ।

स्थानीय तहहरुसंग हातेमालो गर्दै रेडियोले आफ्नो तर्फबाट सत्य तथ्य सूचना तथा विचार प्रवाह गरी सुशासन युक्त समाज निर्माणका लागि राम्रो कामको प्रचार प्रसार र गलत कामको खबरदारी गर्दै सामाजिक परिवर्तनमा ठूलो योगदान पु¥याएको मेहताको भनाई छ । मेहताले यो अभियान अवका दिनमा थप बलियो बनाउने जानकारी गराउनुभएको छ ।
यसका साथै मौलिकता र स्थानीय भाषाको संरक्षण तथा कलाकौशलको जगेर्ना, सचेतनामुलक सूचनाहरु सम्पे्रसन तथा प्रसारण गरी एफएमको माध्यमबाट शिक्षा स्वास्थ्यको विकास, गाउँ ठाउँमा दबिएर रहेका वर्गहरूको आवाजलाई बुलन्द गर्दै आएको उहाँको भनाई छ । जिल्लाको समग्र विकासका लागि एफएमको अहम भुमिका रहेको र अझैपनि अग्रगामी चेतनाको आवाज बनेर समाज रुपान्तरणमा रेडियोको प्रसारण सेवा निरन्तर हुने उल्लेख गर्नुभयो ।
