जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १ गते । इनरुवा नगरपालिकाले सरस्वती पुजा मनाउन आउने र पुजा गर्न आउनेहरुलाई विधालयकै पोशाकमा आउन निर्देशन दिएको छ । विगतमा सरस्वती पुजाको अवसरमा उत्सव मनाउने क्रममा अरु नै पोशाक लगाउदाँ विधार्थी चिन्न समस्या भएकाले त्यसलाई मध्यनजर गरि नगरक्षेत्रका सबै विद्यालयका विधार्थीहरुलाई विधालयकै पोशाकमा आउन निर्देशन दिएको हो । इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीराज निरौलाले सूचना जारी गर्नुहुदै सरस्वति पूजाको दिन विधार्थीहरूलाई उत्सवको रुपमा पुजा गर्न र विधालयको पोशाक लगाएर आउन निर्देशन दिनुभएको छ । उता विभिन्न संस्थाहरु र नीजि विद्यालयहरुले पनि विधालय परिसरभित्र आउदाँ आफ्नो विद्यालय पोसाकमा आउनुपर्ने र अन्यता विधालय प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ । युवाहरुले पनि पुजापाठको नाममा डिजे बजाउने, छाटो लुका लगाउने र धार्मिक कार्यक्रम तथा गीतसँगीतमा भन्दा उच्छृँगल अश्लिल गीतहरु बजाउनृ गरेको विगतको गुनासोलाई ध्यानमा राखेर अनुशसान कायम गर्न आग्रह गरेका छन् ।


१, इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीराज निरौलाले सूचना जारी गर्नुहुदै सरस्वति पूजाको दिन विधार्थीहरूलाई उत्सवको रुपमा पुजा गर्न र विधालयको पोशाक लगाएर आउन निर्देशन दिएको पत्र ।