जयकृष्ण यादव, इनरुवा
इनरुवा, फागुन ५ गते । इनरुवा नगरपालिकामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २८ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो । गीत, गजल, कविता र लघुनाटक सहित २८ औं शृङ्खला इनरुवा–१ को भगवती माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित झापा, इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।


कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी साहित्यका सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार फडिन्द्रप्रसाद दाहाल, कान्ता पोखरेल भट्टराई, राधा सुवेदी, रविन्द्र यादव, लिला अपागाई, रोमु अधिकारी, युवराज दाहाल, शशीप्रसाद बजगाई, खखेरा, लिला आचार्य, डम्बरुबल्लभ भण्डारी, पत्रकार जयकृष्ण यादव, विष्णु दाहाल, जेनिज देव लगायतले रचना बाचन गर्नुभयो ।


त्यस्तै, कार्यक्रममा साहित्यकार रमेन्द्र कोईराला र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।