सुनसरी
२०८० फागुन ११ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशद्धारा सञ्चालित ई.ए.ल.पि परियोजना अन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा गाउँपालिकाले विद्यालयलाई सहयोग गरेको छ । बर्जु गाउँपालिकाले ई.ए.ल.पि परियोजना अन्तरगत रामसिता मा.वि बर्जु १ मा गठन भएको रामसिता बाल क्लबलाई अतिरिक्त क्रियाक्लाप सञ्चालनको लागि फागुन १० गते रु.३५०० रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायले सहयोग रकम विद्यालयका सहायक प्रधानाध्यपाक चन्दन यादवलाई बाल क्लबका पदाधिकारीसँगै गाउँपालिका स्तरीय मानवअधिकार समूह बर्जुको अध्यक्ष जितनारायण चौधरीको उपस्थितीमा हस्तान्तरण गरेको प्रअ सुरज मेहताले जानकारी दिनुभयो । सहयोग गरेकोमा बालक्लबका विधार्थीहरुले अध्यक्ष रायलाई धन्यवाद दिनुभयो ।