सुनसरीको कोशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको श्री राष्टिय माध्यमिक विद्यालय सोभनपुरले ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रम गरी भव्यतापूर्वक दिवश मनाएको हो । वार्षिक उत्सव कार्यक्रम कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापक समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो । तत्काकलीन सप्तरीको सोभरपुर पञ्तायतमा वि. सं.२०२९ सालमा स्थापना भएको राष्टिय माध्यमिक विद्यालयले हाल प्राविधकि धार सहित कक्षा १२ सम्मको शिक्षा दिईरहेको छ ।

सो अवसरमा बोल्नुहुदै प्रमुख अतिथि अंसारीले यस विद्यालयलाई प्राविधिक धार सहित शिक्षा र व्यवस्थापन संकायको शिक्षा बालबालिकाहरुलाई दिईरहेकोमा विद्यालयको प्रसंशा गर्नुभयो । सबै विद्यालयसंग मितेरी सम्बन्ध कायम गरेर यहाँका विद्यार्थीहरुले भविश्यमा राम्रो काम गरेको र सेवा तथा गाजीरमा गएको देख्न पाऊँ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयको योजना अनुसार स्थानीय सरकारले सहयोग गर्दै आएको र थप सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले विद्यालयको वार्षिक उत्सवमा देखिएको उत्सवले आफू खुसी भएको र १४ सय बालबालिकाहरु एकठाउँमा पढ्ने वतावरण निर्माण गरेको र गाउँपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापीत भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण प्रसाद राउँतले प्राविदेखी मा.वि. हुदै प्राविधिक धारका कक्षासम्म कसरी सञ्चालन भएको विषयमा विवरण प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक राउँतले प्रमुख अथिति अंसारी सहित कार्यक्रममा आउनुभएका कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरी र सदानन्द मण्डल, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यार्थीहरु र छिमेकी प्रधानाध्यापकहलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

बार्षिक उत्सव कार्यक्रममा प्रदेश सभा सदस्य इसराईमल मंसुरीले शिक्षा जिवनको लागि अनिवार्य र अरिहार्य रहेकोले सो शिक्षा दिने विद्यालय ५१ वर्षमा प्रवेश गरेकोमा बधाई सहित शुभकामना दिनुभयो । कार्यक्रममा विभिन्न मौलिक नृत्य र सांस्कृतिक प्रस्तुती राखेका थिए । छिमेकी हरिनगर गाउँपालिकाको बालकृष्ण माविका प्रधानाध्यपक नजामुद्धीन अंसारी , बराहक्षेत्र नगरपालिकाको जनता मावि मधुवनका प्रअ गंगाप्रसाद यादव, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यार्थीहरुको समेत उल्लेख सहभागीता रहेको थियो ।