महासंघ हरिनगरले गरे विद्यालयको अनुगमन
.सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ हरिनगरले सुनसरीको हरिनगर गाउँपापिलकाको विभिन्न विद्यालयहरुको अनुगमन गरेको छ ।
महासंघका हरिनगर अध्यक्ष युवक मुखिया र इनरुवा अध्यक्ष जयकृष्ण यादवले गाउँपालिकाका आठ वटा विद्यालयको अनुगमन गर्नुभएको हो ।


अनुगमनका क्रममा शैक्षिक सुधारका प्रयास र शैक्षिक वातावरण बारेमा छलफल गरिएको जनाएको छ । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघले हामी सुधार्छौ हाम्रो विद्यालय नाराका साथ अनुगमन गरेको महासंघका हरिनगर अध्यक्ष युवक मुखियाले जानकारी दिनुभयो ।



महासंघले हरिनगर २ को श्री विपि स्मृति आधारभुत भुटाहा, हरिनगर ५ को श्री आधारभुत विधालय सिशुवा, वीपी आधारभुत विद्यालाय, श्री माध्यमिक विद्यालय बसन्तपुर, शहिद गंगालाल अधारभुत विद्यालय, हरिनगर ६ का जनपथ आधारभुत विद्यालय, हरिनगर ७ को भगवती अधारभुत विद्यालय, श्री आधारभुत विधालय, श्री रामवाण आधारभुत विद्यलाय, बालकृष्ण मावि भुटाहा सहितको अनुगमन गरिएको जनाएको छ ।

प्र अ र शिक्षकहरुको समन्वयले तुलनात्मक रुपमा शैक्षिक वातावरणमा सुधार आएको पाइएको सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ हरिनगर अध्यक्ष युवक मुखियाले बताउनुभयो ।
